बिहीबार, साउन २८, २०८३

भक्तपुरका तीनवटा स्थानीय तहमा कांग्रेसको अग्रता

भक्तपुरका चारवटा स्थानीय तहमध्ये तीन वटामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

भक्तपुरका चारवटा स्थानीय तहमध्ये तीन वटामा नेपाली कांग्रेसले अग्रता लिएको छ। जिल्लामा रहेका मध्यपुर थिमी, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाको नेतृत्वमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अग्रता लिएको छ। 

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा सुरेन्द्र श्रेष्ठ अगाडी रहेका छन् भने सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेसका निशान ढुंगेल र चाँगुनारायण नगरपालिकामा सोही पार्टीका जीवन खत्री अगाडि रहेका छन्। ति तिनवटै नगरपालिकामा नेपाली कांग्रेसले क्रमशः २७९९, १६२६ र ११३७ मत सहित अगाडी रहेका छन्। 

त्यस्तै भक्तपुर नगरपालिकामा भने नेमकिपाका सुनिल प्रजापति ९ हजार ३१ मतसहित अगाडी रहेका छन्। निर्वाचन आयोगका अनुसार भक्तपुर जिल्लामा हालसम्म भएको मत परिणाम यस अनुसार रहेको छ। 

मध्यपुर थिमी नगरपालिका

१, बाबुकाजी डंगोल, नेपाली कांग्रेस

२, श्रीकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस

भक्तपुर नगरपालिका

१, श्यामकृष्ण खत्री, नेपाल मजदुर किसान पार्टी

२, हरीप्रसाद बासुकला, नेपाल मजदुर किसान पार्टी

३, राजकृष्ण गोरा, नेपाल मजदुर किसान पार्टी

४, उपेन्द्र सुवाल, नेपाल मजदुर किसान पार्टी

सूर्यविनायक नगरपालिका

१, सानुकाजी कायस्थ, नेकपा एमाले

चाँगुनारायण नगरपालिका

१, सिजन कार्की, नेपाली कांग्रेस


प्रकाशित: May 15, 2022| 17:27 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...