मंगलबार, असार ९, २०८३

निर्वाचनमा धाँधली भएको एमालेको ठहर, दियो १५ कारण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ। 

National life

आइतबार महासचिव शंकर पोखरेलले विज्ञप्ती जारी गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएका हुन्। सत्ता गठबन्धनले जसरी पनि निर्वाचन जित्न धाँधलीको साहरा लिएको एमालेको आरोप छ। ‘सत्ताधारी गठबन्धनको स्थानीय निर्वाचन नगराउने षड्यन्त्रलाई परास्त गर्दै २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसरी सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ ।’ 

एमालेले निर्वाचनमा धाँधली भएको योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिएको भन्दै त्यसलाई रोक्न सरकारसँग माग समेत गरेको छ। ‘हामी सत्ता गठबन्धनबाट नेकपा एमालेविरुद्ध गरिएको मोर्चाबन्दीको बाबजूद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

एमालेले धाँधली भएको प्रमाणस्वरुप १५ वटा तर्क समेत पेश गरेको छ। 

हेर्नुहोस् विज्ञप्ति

Shivam cement

प्रकाशित: May 15, 2022| 17:15 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...