बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बालेनको मतान्तर झन्डै दोब्बर, दोश्रो स्थानमा स्थापित र सिंहबीच प्रतिष्पर्धा

बालेनको मतान्तर झन्डै दोब्बर, दोश्रो स्थानमा स्थापित र सिंहबीच प्रतिष्पर्धा

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका बालेन्द्र शाहको मत एमालेका केशव स्थापितभन्दा झन्डै दोब्बर पुगेको छ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका बालेन्द्र शाहको मत एमालेका केशव स्थापितभन्दा झन्डै दोब्बर पुगेको छ। आइतबार दिउँसो २ः३० बजेसम्मको अपडेटअनुसार बालेनको मत ३११० मत पुग्दा स्थापितको १६ सय ४५ पुगेको छ। 


त्यस्तै तेश्रो पोजिसनमा रहेकी कांग्रेसकी सिर्जना सिंहले स्थापितसँगको आफ्नो मतान्तरण घटाएकी छिन्। उनको पछिल्लो मत १६०२ छ। स्थापित र सिंहबीच अहिलेसम्म दोश्रो पोजिसनका लागि प्रतिष्पर्धा भइरहेको छ। 


अहिले वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मतगणना जारी छ। पछिल्लो अपडेटअनुसार ६ वटै वडामा अन्य उम्मेदवार भन्दा बालेनलाई बढी मत आएको छ। वडा नम्बर १ मा बालेनले ६२५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ३७७ र कांग्रेसकी सिर्जना सिंहले २९० मत प्राप्त गरेकी छन्। वडा नम्बर २ मा बालेनले ६७३ मत प्राप्त गरेका छन्। स्थापितले ४३२ मत ल्याउँदा सिंहले २६४ मत प्राप्त गरेकी छन्।  


यस्तै वडा नम्बर ३ मा बालेनले ४३५ मत प्राप्त गरेका छन्। स्थापितले २४५ र सिंहले ३२२ मत प्राप्त गरेकी छन्। वडा नम्बर ४ मा भने बालेनले ६४६ मत प्राप्त गर्दा स्थापितले ३१२र सिंहले ३०६ मत प्राप्त गरेकी छन्। वडा नम्बर ३२ मा बालेनले ६८२, स्थापितले ३३६ र सिंहले २९६ मत प्राप्त गरेकी छन्। भर्खरै गणना शुरु भएको वडा नम्बर ३१ मा भने बालेनको ४९, स्थापितको ३२ र सिंहको ४२ मत पुगेको छ ।

प्रकाशित: May 15, 2022| 15:25 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...