बिहीबार, साउन २८, २०८३

उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा

उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन्।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं– उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन्। जिल्लामा पूण रूपमा मतगणना सुरु नहुँदै उनले आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै राजीनामा दिएका हुन्।

शनिबार अचानक वेहोस भएका खनालले आइतबार मुख्य निर्वाचन अधिकृतबाट राजीनामा दिएका हुन्। उनले निर्वाचनको बाँकी काम गर्न नसक्ने भन्दै निर्वाचन आयोगमा राजीनामा पठाएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिए। 

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा निर्वाचनबारे विवाद भएकोले समाजवादी र माओवादी केन्द्रले पुनः मतदानको माग गरिरहेका छन्।  त्यहाँ सो विवाद कायमै रहेको छ भने कटारी नगरपालिका–१० मा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको समस्या पनि सुल्झिएको छैन। सोही कारण जिल्लाका मुख्य निर्वाचन अधिकृत तनावमा रहेकोले उनले राजीनामा दिएको हुन सक्ने जनाइएको छ । जिल्लामा ९८ मतदानस्थल छन्।

प्रकाशित: May 15, 2022| 14:51 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...