काठमाडौं- हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
२ हजार ६ सय १८ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ७८६ मत प्राप्त गरेका छन्। उनीभन्दा १ मत मात्र पछि गठबन्धनका उम्मेदवार छन्। नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले ७८५ मत प्राप्त गरेकी हुन्। राप्रपाका दीपक सिंहले ७२० मत प्राप्त गरेका छन्।
मकवानपुर जिल्लाको दश वटै स्थानीय तहको मत गणना भइरहेको छ। अधिकांश स्थानीय तहमा गठबन्धनको उम्मेदवारहरूको अग्रता देखिएको छ। रातीको मतगणनाको लागि सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ।