काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको आज दुई हजार ५०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले ९४० मतका साथ अग्रता लिएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले ८२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइन्। यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार बसन्ती श्रेष्ठले ९६५ मत प्राप्त गरेकी छन् भने गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार रोशन दानीले १४८ मत प्राप्त गरेका छन्।
कुल १५ वडा रहेको चन्द्रागिरिमा अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ । कूल ४७ हजार २६४ मतदाता रहेको उक्त वडामा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताइन्।