काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज तीन हजार ८७२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले एक हजार ६३८ मतका साथ अग्रता लिएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहोराले एक हजार ३५१ मत प्राप्त गरेको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन्।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना बुर्लाकोटीले एक हजार ५५७ र नेकपा ९एमाले०की उम्मेदवार भवानी डोटेलले एक हजार ३६२ मत प्राप्त गरेका छन्। कुल ११ वडा रहेको तारकेश्वर नगरपालिकामा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो।