बिहीबार, साउन २८, २०८३

माओवादीले पनि खोल्यो खाता : जगदुल्ला गाउँपालिकामा पहिलो जित

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारासिंह रोकाय विजयी भएका छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

काठमाडौं– डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारासिंह रोकाय विजयी भएका छन्। उनले ७७० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन्। उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी एमालेकी चन्द्रावति थापाले ७४९ मत ल्याएकी छिन्।

६ वटा वडा रहेको पालिकामा २ वटा वडामा माओवादी केन्द्र, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ ।

वडाध्यक्षतर्फ १ नम्बरमा एमालेका शेरबहादुर लामा १११ मतसहित विजयी भए। २ मा कांग्रेसका भानुभक्त बुढाथोकी १३० मतसहित विजयी भए भने वडा नम्बर ३ मा एमालेका भक्तबहादुर बोहोरा १३४ मतसहित विजयी भएका छन्।  

वडा नम्बर ४ मा माओवादी केन्द्रका भीमप्रसाद बोहोरा २३३ मतसहित विजयी भए भने वडा नम्बर ५ मा माओवादीकै भीमबहादुर बोहोरा १५२ मतसहित विजयी भएका छन्। ६ मा एमालेका कालीबहादुर बुढा १५९ मतसहित विजयी भएका छन्।

प्रकाशित: May 14, 2022| 15:11 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...