काठमाडौं– मनाङको ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। सो गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर विजयी भएका छन्।
उनका प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ले ७ सय १३ मत ल्याएका छन्। कान्छा यसअघि पनि अध्यक्ष थिए। उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भएका छन्। कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन्।
मनाङमा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६.८७ प्रतिशतमात्रै मत खसेको थियो।