मंगलबार, वैशाख ९, २०८२

विराटनगरको मतगणना सुरु

विराटनगर-७ स्थित आदर्श माविमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ। विराटनगरको १९ वटा वडामा शुक्रबार भएको मतदानमा ८९ हजार ६ सय ७८ मत खसेको छ।
 |  शनिबार, वैशाख ३१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

vianetvianet

विराटनगर- विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ। बिहान ८ बजेबाट गणना सुरु गर्ने भनिए पनि वर्षाका कारण प्रतिनिधिहरू समयमा आउन नसक्दा प्रभावित भएपछि साढे १० बजे मात्र सुरु गरिएको हो।

triton college

विराटनगर-७ स्थित आदर्श माविमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ। विराटनगरको १९ वटा वडामा शुक्रबार भएको मतदानमा ८९ हजार ६ सय ७८ मत खसेको छ। 

विराटनगरमा ४३ हजार २ सय ४६ मत भने नखसेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। 

महानगरमा १ लाख ३३ हजार १ सय ४२ मतदाता रहेका थिए। गणनाका क्रममा अप्रिय घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै कार्यालयले मतगणनास्थलको ६ वटा कोठामा सिसिटिभीसहित तारले घेरा बनाएको छ।

विराटनगरमा सत्ता गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्। एमालेबाट सागरकुमार थापा मेयर उम्मेदवार छन्। 

National life insurance

प्रकाशित: May 14, 2022| 10:51 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।