एसी मिलानले पुर्व कप्तान पाओलो माल्दिनीलाई मिलानको रणनीतिक विकासको निर्देशकमा नियुक्त गरेको छ । ५० बर्षीय पुर्व डिफेन्डर पाओलोले आफ्नो पुरा भविष्य सान सिरोमा बिताएमा थिए । उनले सान सिरोमा ९०२ खेलमा सहभागीता जनाएका थिए ।
पओलोले आफ्नो २५ बर्षीय खेल जिवनमा सात सिरी–ए उपाधि जितेका थिए । त्यस्तै पाँच च्याम्पियन्स लिग र कोपा इटालीया समेत जिते ।
उनको नियुक्ती मिडफिल्डरको एक हप्ता पछि गरिएको छ । उनलाई मुख्या प्रशिक्षक लियोनार्दोको जनरल म्यानेजरको रुपमा नियुक्त गरेको बताइएको छ ।
मिलानका अध्यक्ष पाओलो स्कारोनीले भने, ‘माल्दिनी मिलानको लागि कस्तो प्रतिनिधित्व गर्छन् त्यसका लागि कुनै शब्दनै छैन् । किनकी उनले मैदानमा कैयौ ट्रफि जितेका छन् र म उनसिँग काम गर्न धेरै खुसी छु ।’
माल्दिनी व्यापक रुपमा हरेका समय महान रक्षक मध्ये एकको रुपमा मानीन्छन् । उनले १७ बर्षको उमेर देखि आफ्नो व्यावसाहिक फुटबल यात्रा शुरु गरेका थिए । २००९ मा इटाली राष्ट्रिय टिमबाट सन्यास लिदा उनले १२६ खेल खेलेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४