बुधबार, असार ३१, २०८३

रचिद सिटीको पाँचौ खेलाडीको रुपमा अनुबन्ध 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लिस्टर सिटीले मोनाकोबाट विंगर रचिद गेजललाई अनुबन्ध गरेको छ । उनलाई सिटीले १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २६ बर्षीय रचिदलाई सिटीले चार बर्षका लागि क्लबमा भित्र्याएको हो । यसै सिजन सिटीले आफ्नो विंगर रियाद महरेजलाई म्यानचेस्टर सिटीलाई बेचेको थियो ।

लियोनमा आफ्नो व्यवसाहिक फुटबल यात्रा शुरु गरेका रचिदले पाँच सिजन बिताए । उनी २०१७-१८ को सिजनमा मोनाको पुगेका थिए । उनले मोनाकोमा पछिल्लो सिजन लिग-१ खेले । रचिदले मोनाकोमा रहदै ३३ खेल खेलेका थिए । जसमा चार खेल च्याम्पियन्स लिगका खेले । उनले मोनाकोमा रहदा २ गोल समेत गरे ।

यस सिजन सिटीको यो पाँचौ खेलाडी अनुबन्ध हो । यस अघि सिटीले गोलरक्षक डानी वार्ड, डिफेन्डर रिकार्डो पेरेइरा र जोनी इभान, मिडफिल्डर जेम्स माड्डिसनलाई अनुबन्ध गरेको थियो । ‘म यहाँ धेरै खुसी छु । मलाई थाहाछ की लियानको कोच र म सिटीमा एक ठाँउ बनाउच चाहन्छु ।’ उनले भने , ‘यो एक राम्रो क्लब हो र यहाँ कयौ राम्रा खेलाडी पनि छन् । मलाई आशा छकी यो सिजन सिटीको राम्रो बित्ने छ ।’ 

म्यानेजर क्लाउड पउलले भने, ‘रिचद हाम्रो समूहका लागि एक रोमाञ्चक र रचनात्मक खेल प्रतिस्पर्धात्मक खेलाडी हुने छन् ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।