बिहीबार, चैत १२, २०८२

म्यानचेस्टर युनाइटेडको प्रि-सिजन भ्रमण हारबाट अन्त्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि-सिजन भ्रमण हारबाट अन्त्य गरेको छ । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग १-० ले पराजित हुदै युनाइटेडले प्रि-सिजन भ्रमण हारबाट अन्त्य गरेको हो । 

युरोपियन क्लब फुटबल शुरु हुनुअघि क्लबहरु प्रि-सिजनका लागि अमेरिका लगायतका देशहरुको भ्रमणका निस्किएको थियो । प्रि-सिजनको ६ खेलमध्ये युनाइटेडले दुई खेलमा मात्र जित हात पार्न सफल भयो ।

युनाइटेडले एसी मिलान र रियल मड्रिडलाई मात्रै पराजित गर्न सक्दा क्लब अमेरिका र सान जोसे अर्थक्वेकसँग बराबरी खेलेको थियो । इंग्लिस क्लब लिभरपुलसँग भने ४-१ को फराकिलो हार बेहोरेको थियो । 

म्युनिखको घरेलु मैदान एलिनाज एरिनामा आइतबार बिहान भएको खेलमा जेभियर मार्टिनेजको एक मात्र गोल नै युनाइटेडको हारमा पर्याप्त बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलको ५९ औं मिनेटमा मार्टिनेजले थियागो आलाकान्तराको कर्नरमा गोल गर्न सफल भएका थिए । 

यस खेलमा पउल पोग्वा, रोमेलु लुकाकु, जेसे लिङगार्ड, एस्ले योङ र मराउने फेलियनीलाई प्रशिक्षक जोजे मौरिन्होले विश्राम दिएका थिए ।

नेमान्जा मेटिक र एन्टोनियो भ्यालेन्सिया भने चोटग्रस्त छ । चार दिनपछि शुरु हुने इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई घरेलु मैदानमा आतिथ्य गर्दैछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।