बुधबार, असार ३१, २०८३

'फोडेन प्रिमियर लिगका लागि तयार'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
म्यानचेस्टर सिटीका युवा मिडफिल्डर फिल फोडेन प्रिमियर लिगका लागि परिपक्व भएको प्रशिक्षक पेप गार्डिओलाले बताएका छन् । १८ बर्षीय फिलले आइतबार भएको कम्युनिटी सिल्डमा देखाएको उत्कृष्ट प्रदर्शनले उनी प्रिमियर लिगका लागि परिपक्व भएको भएको बताएका हुन् । 

सिटीले कम्युनिटी सिल्ड जित्दा फिलले महत्वपुर्ण भुमिका खेलेका थिए । उनले सिटीको पहिलो गोलका लागि स्ट्राइकर सर्जियो अग्युरोलाई पास मिलाएका थिए । 

सिटीले सिल्डमा चेल्सीलाई २-० ले पराजित गरेको थियो । स्टोकपोर्टमा जन्मियका मिडफिल्डर फिलको बारेमो गार्डियोलले भने, 'फिल पछिल्लो सिजनमा तयार थिए । तर, त्यो एक बर्ष बितेको छ र अब उनी परिपक्व भैसकेका छन् ।' उनले थपे, 'उनी हामीसँग पछिल्लो सिजनमा प्रशिक्षण लिइरहेका थिए र उनले सबै खलाडीसँग रोम्रो खेले ।'

टोलीका मुख्य खेलाडी मिडफिल्डर केविन डी ब्रुइन र डेविड सिल्भा टोलीमा सहभागिता थिएनन् । फिलले आत्मविश्वास र रचनात्मक प्रदर्शनसाथ आफ्नो मौका पाएका थिए। अग्युरोको २०० गोल पुरा गर्न फिलले सहयोग गरेका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।