बिहीबार, साउन २८, २०८३

आधा समयमा ३५ प्रतिशत मतदान

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको छ।

मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ। दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगले जनाएको छ। ती ठाउँमा पुनः मतदान सुरु गर्न प्रयास भइरहेको पनि आयोगले बताएको छ।

आज साँझ ५ बजेसम्म मतदान हुने कार्यतालिका छ। करिब ७५ प्रतिशत मत खस्ने आयोगको अनुमान छ।

प्रकाशित: May 13, 2022| 12:30 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...