बिहीबार, चैत १२, २०८२

उसुको नेतृत्व वीरबहादुरलार्इ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपाल उसु संघकको नयाँ नेतृत्वमा वीरबहादुर तामाङ चयन भएका छन्। 

लामो समयदेखि विवादमा रहँदै आएको नेपाल उसु संघमा आइतबार साधारणसभाले वीरबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। 

सर्वसम्मतिले निर्वाचित नयाँ कार्यसमितिको सह अध्यक्षमा मकवानपुरका जनक बर्तौला छन् भने तीन उपाध्यक्षमा काठमाडौंका प्रणिलध्वज कार्की, नुवाकोटका दीपक लामा र सुर्खेतका हरि थापा छन्। यसै गरी सोलुखुम्बुका लाक्पाछिरिङ  लामा महासचिव तथा सचिवमा काठमाडौंका राजेन्द्रकुमार श्रेष्ठ चयन भएका हुन्। 

रामेछापका लानम लामा कोषाध्यक्ष तथा रसुवाका रितु म्याम्दान सहकोषाध्यक्ष चयन हुँदा सदस्यमा लमजुङका कृष्ण लामा, काभ्रेपलाञ्चोकका नारायण गिरी, धनकुटाका भक्त थापा, काठमाडौंकी रति लामा, सिन्धुपाल्चोकका सुन्दर लामा, मुख्य प्रशिक्षक अमरकुमार थिङ र बाराका निर्मल लामा चयन भएका छन्।

साधारणसभाले १६ सदस्यीय कार्यसमिति चयन गरेको थियो भने बाँकी चार उपाध्यक्ष तथा ११  सदस्य निर्वाचित कार्यसमितिले मनोनित गर्ने बताइएको छ। सह अध्यक्ष बर्तौलाले सबै क्षेत्र र जिल्लाको प्रतिनिधित्व हुने गरी मनोनयन गरिने बताए।

तदर्थ समितिका अध्यक्ष एवं राखेपका सदस्यसचिव केशवकुमार विष्ट आफैंले साधारणसभाको उद्घाटन गरे पनि नेतृत्व चयन प्रक्रियामा भने सहभागी भएनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।