सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मतदानको व्यग्र पर्खाइमा बुटवलका मतदाता

पहिलो पटक मतदान गर्न आतुर युुवा पुुस्तामा नेताहरुप्रति भने वितृष्णा देखिन्छ।
 |  बिहीबार, वैशाख २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

बुटवल– बुटवल–४ आदर्शनगरकी सरोजा परियार शुक्रबार पहिलो पटक मतदान गर्दैछिन्। कान्ति मावि बुुटवलबाट मतदाता परिचयपत्र लिएपछि उत्साही भएकी उनले भनिन्, ‘पहिलो पटक मतदान गर्न पाउँदा आफूूलाई देशको नागरिक भएको महसुस भएको छ, म निकै उत्साही छु।’ मतदाता परिचयपत्र हात पर्दा उनमा छुट्टै उमंग थियो। त्यो सँगै मतदान गर्न पाउँदा एक असल नागरिक हुनुपर्ने दायित्व थपिएको उनले सुनाइन्। 

triton college

सरोजासँगै परिचय लिन कान्ति मावि बुुटवलमै भेटिएकी सदिक्षा परियारले पनि पहिलो पटक मतदान गर्न पाउँदा खुशी लागेको बताइन्। ‘मतदान गर्न पाउँदा खुशी छुु, अलिअलि नर्भस पनि भएको छुु, जे होस् पहिलो पटक मतदान गर्न पाउने भएँ भनेर खुशी लागेको छ,’ उनले भनिन्।

पहिलो पटक मतदान गर्न आतुर युुवा पुुस्तामा नेताहरुप्रति भने वितृष्णा देखिन्छ। मतदाता भएपनि नेताहरुले विकास गर्छुु भनेर नगरेको सदिक्षाको बुुझाइ छ। ‘मैलै युवा र समाजलाई केहि नयाँ काम गर्ने उम्मेदवार छनौट गर्नेछुु,’ उनले भनिन्। 

दोस्रो कार्यकालका लागि शुक्रबार देशैभर एकैचोटी निर्वाचन हुन लागेको हो। निर्वाचनमा के बृद्ध के युवा सबै उत्साही छन्। लोकतन्त्रमा आवधिक निर्वाचनलाई निकै महत्वका साथ लिने गरिन्छ। पटक पटक निर्वाचनमा भाग लिएका बुटवल ८ का ८२ वर्षे हिमलाल बस्यालले नेताहरुको बुद्धि पलाउनुपर्ने तर्क गरे। उनले बदमासी नगर्ने, जनताको लागि विकास गर्ने नेता आफूहरुले खोजेको बताए। ‘पाँच वर्षपछि मतदान गर्न पाउँदा म बुुढो मान्छे पनि उत्साही भएको छुु, बदमासी हटाउनुुपर्यो, जनतालाई सुख दिने, बृद्धहरुलाई सेवा गर्ने नेतृत्व आउनुुप¥यो,’ उनले भने। उनले यो पटकको निर्वाचनबाट पहिलेका भन्दा सक्षम नेताहरु चुनिनुुपर्ने उनी बताउँछन्। 

स्थानीय तहको निर्वाचन भएकाले नागरिकहरुले विकास निर्माणमा सुधारको आशा पनि राखेका छन्। बुटवल उपमहानगरपालिका वडा नं. ४ का मतदाता चेत बहादुर रानाभाटले नगरको विकास गर्ने नेतृत्व आवश्यक रहेको बताए। ‘हामी जनताले मत दिन्छौं, हाम्रो मतको सहि सदुुपयोग होस्’ उनले भने। 

Metro Mart
vianet

मतदाताहरु जसरी उत्साही भएका छन, त्यसैगरि मतदान केन्द्रहरु समेत तयार पारेर निर्वाचन कार्यालय र प्रहरी प्रशासन समेत तम्तयार अवस्थामा बसेका छन्।  निर्वाचन अवधिका लागि रुपन्देहीमा चार हजार ६ सय चार सुरक्षाकर्मी परिचालन गरिएको छ। मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन्।  प्रहरी २ हजार ४ सय, नेपाल प्रहरी १ हजार ४ सय र सशस्त्र प्रहरी ६ सय,आर्मी ६०० परिचालन गरिएको उनले बताए। निर्वाचनका बेला तीन वटा घेरामा सुरक्षाकर्मी परिचालन गरिने छ। पहिलो घेरामा म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी रहने छन्। मोबाइल टोलीको रुपमा सेनालाई पनि खटाइने भएको छ। 

रूपन्देहीमा ७ सय  मतदान केन्द्र र २०८ मतदान स्थल तोकिएका छन्। अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका हुन्। जिल्लाका १२८ मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको छ भने ६२ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका छन्। जिल्लामा ७८ वटा मतदानस्थल भने सामान्य सूचीमा छन्।  सुरक्षा चुनौतीलाई मध्यनजरमा राखेर काम गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए। रुपन्देहीमा म्यादी  मतदाताको संख्या बढेपछि मतदान केन्द्र थप गरिएको हो। सबैभन्दा धेरै मतदाता हुने जिल्लामध्ये रूपन्देही चौथो जिल्ला रहेको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। 

उनका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले रूपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकामा अहिले बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन्। तीमध्ये तीन लाख २३ हजार ७७८ पुरूष र तीन लाख आठ हजार ५७४ महिला छन्। अन्य मतदाताको संख्या आठ रहेको छ।  निर्वाचन कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ मतदाता छन्।अघिल्लो निर्वाचनमा ७६ हजार ७२० मतदाता रहेको थियो।  नगरपालिकामा सबभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ र सबभन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३ हजार ८९० मतदाता रहेका छन्। 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तिलोत्तमामा ७१ हजार ७४ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३६ हजार ११५ मतदाता थियो। जिल्लामा रहेका १० गाउँपालिकामध्ये सबैभन्दा धेरै गैडहवा गाउँपालिकामा ३० हजार ३५१ र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। यसअघिको स्थानीय तहको निर्वाचनमा गैडहवा गाउँपालिकामा २४ हजार ९२० र मर्चवारी गाउँपालिकामा १८ हजार ८१७ मतदाता रहेका थिए। रूपन्देहीमा ६ राष्ट्रिय र जिल्लामा दर्ता भएका ३२ गरि ३८ दल चुनावी प्रतिस्पर्धामा छन्।


प्रकाशित: May 12, 2022| 20:11 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।