बिहीबार, चैत १२, २०८२

काठमाडौं उत्रेपछि पारसले भने- 'चमात्कारिक सफलता' (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं–एक दिवसीय क्रिकेटमा ऐतिहासिक जित हासिल गरेको नेपाली टोली काठमाडौं आइपुगेको छ । 

नेपालले नेदरल्यान्डमा भएको एकदिवसीय सिरिज खेलमा नेदल्यान्डसँग एक एकको बराबरी खेल्दै सुखद शुरुवात गरेको थियो । 

नेपाल आइपुगेका नेपाली टोलीका कप्तान पारश खड्काले नेपालको एकदिवसीय खेलमा सुखद सुरुवात गरेको भन्दै आगामी दिनमा क्रिकेटको विकासमा नेपालले धेरै प्रगति गर्ने बताए । 

भिडियो हेर्नुहोस् 

उनले नेपाली क्रिकेट समर्थकको चाहानालाई मध्यनजर गर्दै नेपाली टोलीको प्रस्तुती अझै राम्रो बनाउने बताए । 

नेपालको व्याटिङ यसपाली पनि राम्रो नचलेको बताउँदै खेलमा निखार ल्याउन धेरै सुधारको आवश्यकता रहेको बताए । 

खेलको शुरुवाती राम्रो भएपनि पूरा खेल अवधिभर एकैनासको प्रस्तुती गर्न नसकेको भन्दै उनले खेल जित र हार दुवैका लागि हुने भएपनि नेपाल सँधै जित्नका लागि खेल्ने बताए । 

एसीसी एशिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुँदैछ । नेपाली टोली बेलायतको लड्समा त्रिकोणात्मक टी–२० शृङ्खला र नेदरल्याण्ड्समा दुई खेलको एकदिवसीय शृङ्खला खेलेर स्वदेश फर्किएको हो । 

नेदरल्याण्ड्स जानुअघि नेपाली टोलीले बेलायतको लड्समा आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग टि-२० खेलेको थियो । उक्त खेलमा नेपाल विजयी भएको थियो । नेदरल्याण्ड्ससँगको एकदिवसीय शृङ्खलामा पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा एक रनले विजयी भएको थियो । 

सन्दीप वेस्ट इण्डिजतर्फ 

नेपाली टिमका युवा स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न आइतबार वेस्ट इण्डिज गएका छन् । नेदरल्याण्ड्सबाट उनी वेस्ट इण्डिज गएका हुन् । सन्दीप सिपिएल टिम सेन्ट किट्स एण्ड नभिस पाट्रिओट्ससँग आवद्ध भएका थिए । सिपिएल यही साउन २२ गतेदेखि भदौ ३१ गतेसम्म हुनेछ । सिपिएलमा ६ टोली सहभागी हुनेछन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।