बुधबार, असार ३१, २०८३

सिटीलाई कम्युनिटी सिल्ड उपाधि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लन्डन- गत बर्षको प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीले आइतबार भएको कम्युनिटी सिल्डको उपाधि जितेको छ। गत बर्षको एफए कप विजेता चेल्सीलाई सिटीले २–० ले पराजित गर्दै सिल्ड जितेको हो । सिटीका लागि दुईटै गोल स्ट्राइकर सर्जियो अग्युरोले गरेका हुन्। 

इंग्लयान्डको वेम्बले स्टेडियममा भएको खेलमा स्ट्राइकर अग्युरोले खेलको १३ औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । स्ट्राइकर अग्युरोले मिडफिल्डर फिलिप फोडेनको पासमा गोल गर्दै सिटीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका हुन्। 

पहिलो हाफमा एक गोल गरेका उनले दोस्रो हाफमा पुनः एक गोल थपे। उनले खेलको ५८ औं मिनेटमा पुनः गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए  दोस्रो हाफको गोल उनले बर्नान्डो सिल्भाको पासमा गरे । निकैनै प्रतिस्पर्धात्मक खेलमा चेल्सीले भने कुनै गोल गर्न सकेन। 

चेलसीने कुनै गोल गर्न नसक्दा सिटीले सिल्ड २–० ले जितेको हो । यो कम्युनिटी सिल्ड गत बर्षको प्रिमियर लिग विजेता र एफए कप विजेता टोलीबीच हुने गर्दछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।