शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • दुई वर्षपछि लुम्बिनीमा बुद्धजयन्तीको रौनक, मोदी आउने भएपछि सिँगारिँदै

दुई वर्षपछि लुम्बिनीमा बुद्धजयन्तीको रौनक, मोदी आउने भएपछि सिँगारिँदै

लुम्बिनी विकास कोषले बुद्धजयन्तीलाई उत्सवमय बनाउन विभिन्न कार्यक्रम तालिका नै सार्वजनिक गरेको छ। लुम्बिनीमा बुद्ध जयन्ती औपचारिक कार्यक्रम जेठ १ गतेदेखि ४ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

विनोद परियार

विनोद परियार

बिहीबार, वैशाख २९, २०७९

बुटवल– कोरोना महामारीले २ वर्षसम्म फिक्का बनेको बुद्धजयन्ती यो वर्ष रौनकमय हुने भएको छ। मुलुक स्थानीय तहको निर्वाचनमा चुर्लुम्म डुबेको बेला बुद्धको जन्मस्थल लुम्बिनीमा भने २५६६ औं बुद्धजयन्तीलाई उत्सवमय बनाउन भव्य तयारी थालिएको छ। छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि लुम्बिनीमा चहलपहल बढेको छ।

triton college

लुम्बिनी विकास कोषले बुद्धजयन्तीलाई उत्सवमय बनाउन विभिन्न कार्यक्रम तालिका नै सार्वजनिक गरेको छ। लुम्बिनीमा बुद्ध जयन्ती औपचारिक कार्यक्रम जेठ १ गतेदेखि ४ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेर विभिन्न उपसमिति गठन गरेर तयारीलाई तिव्रता दिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए। 

२ वर्षदेखि कोरोना महामारीका कारण बुद्ध जयन्तीलाई उल्लासपूर्वक मनाउन नपाएकाले यो वर्ष भव्यताका साथ मनाउने गरी तयारी भइरहेको उनको भनाइ छ। बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा सम्पन्न ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र हलको उद्घाटन गर्ने कार्यक्रम समेत तय भएको छ। ध्यानकेन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए। लुम्बिनी विकास कोषले जेठ २ गते बुद्धजयन्ती मूल समारोह गर्नेछ। 

लुम्बिनी विकास कोषले बुद्धजयन्तीलाई उत्सवमय बनाउन विभिन्न कार्यक्रम तालिका नै सार्वजनिक गरेको छ। लुम्बिनीमा बुद्ध जयन्ती औपचारिक कार्यक्रम जेठ १ गतेदेखि ४ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ।

समारोहकै अवसरमा प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रको उद्घाटन गर्नेछन्। यो सम्मेलन केन्द्र नेपालको ठूलो र दक्षिण एसियाको नमुना हल भएको विकास कोषले जनाएको छ। सम्मेलन केन्द्र ७५ करोडमा निर्माण गरिएको हो। 

लुम्बिनी विकास कोषले बुद्धजयन्तीलाई विशेष उत्सवमय बनाउन बुद्ध सर्किटका जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा पनि विभिन्न कार्यक्रम गर्ने भएको छ। जेठ १ गते रामग्राम देवदहमा विशेष कार्यक्रम तथा दीप प्रज्वलन एव देवदहको भवानीपुरमा बिहान बौद्ध पूजा तथा दीप प्रज्वलन गरिने छ। रामग्राम नवलपरासीमा १ जेठ साँझ ४ बजेबाट बौद्ध प्रवचन तथा दीप प्रज्वलन, २ गते रामग्राम नगरपालिकाद्वारा रामग्राम दिवस, भोजनदान सम्बन्धी कार्यक्रम रहेको छ। जेठ २ गते बिहान ६ बजे मायादेवी परिसरमा बुद्ध पूजा तथा परित्राण पाठ बिहान ७ बजे मायादेवी परिसरदेखि शान्ति दीपसम्म शोभा यात्रा गरिनेछ। बिहान १० बजेदेखि इष्ट मोनाष्टिक जोनको कम्बोडिया मोनाष्ट्रि र इष्ट पोण्डमा भोजन दान गरिनेछ। 

corrent noodles
Metro Mart

यस्तै दिउँसो ५ बजेदेखि सोही हलमा सुरसुधाको सांगीतिक कार्यक्रमको प्रस्तुति, साँझ लुम्बिनीको मायादेवी परिसरमा दीप प्रज्वलन गरिने कार्यक्रम छ। यसैगरी जेठ ३ गते लुम्बिनीदेखि कपिलवस्तु सम्म सिद्धार्थ गौतमको शोभायात्रा, प्राचिन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने सम्बन्धी देश विदेशका विज्ञहरुको सहभागितामा २ दिने तिलौराकोट सम्मेलन गरिने जनाइएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत सञ्चालनमा आएसँगै मनाइन लागिएको बुद्धजयन्ती विशेष उत्सवमय हुने अपेक्षा गरिएको छ।

मोदीको भ्रमणले लुम्बिनीमा चहलपहल 

मोदीको स्वागतको लागि लुम्बिनी विकास कोषले आन्तरिक तयारी सुरु गरेको छ। मायादेवी मन्दिर परिसर रंगरोगन, मोदीले शिलान्यास गर्ने भनेको भारतीय बिहार क्षेत्रका मर्मतदेखि मोदीलाई लुम्बिनी अवतरणको लागि ४ वटा हेलिप्याडको निर्माण गरिएको छ। 

मूल कार्यक्रम हुने अन्तर्राष्ट्रिय सभाहल नजिकै अवतरण गर्न मिल्ने गरी ४ वटा हेलिप्याडको निर्माण द्रुत गतिमा अगाडि बढाइएको लुम्बिनी विकास कोषले जनाएको छ। मोदी कुशीनगर झरेर त्यहाँबाट ४ वटा हेलिकप्टर प्रयोग गरी सोझै लुम्बिनी आउने कार्यक्रम रहेको छ। यस्तै नेपालबाट आउने २ वटा हेलिकप्टरका लागि इलेक्ट्रिक भेइकल चार्जिङ स्टेशन नजिकै २ वटा अस्थायी हेलिप्याड निर्माण गरिँदै छ।

लुम्बिनी झरेर मोदी मायादेवी मन्दिरमा करिब ४० मिनेट विशेष पूजामा सहभागी हुने र त्यहाँ केही बेर फोटो सेसन तथा अशोक स्तम्भ अगाडि दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ। पूजापछि मोदी ९ नम्बर गेट हुँदै भारतले बनाउन लागेका बिहारको शिलान्यास गर्ने कार्यक्रम छ। मोदीको आवागमनमा सहज हुने गरी त्यहाँ ढुंगाको धुलो राखेर सम्याइने भएको छ। 

भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेडेसन (आईबीसी) मार्फत जर्मन स्तूप भन्दा उत्तर बिहार बनाउन लागेको हो । आईबीसी भारतको संस्कृति तथा पर्यटन मन्त्रालय मातहत छ । एक अर्ब भारतीय रुपैयाँमा तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ। लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले भारतीय प्रधानमन्त्रीको भ्रमणको खबरले आफूहरु उत्साहित भएको बताए। उनले भारतीय प्रधानमन्त्रीको भ्रमणले भगवान गौतम बुद्धको जन्मस्थलको प्रवर्द्धन र प्रचारमा बल पुग्ने आशा व्यक्त गरे। 

भारतीय सुरक्षाकर्मीको विमान भैरहवामा अवरतण 

लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा आएको छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कूटनीतिक उडान गरेको छ। दिल्लीबाट सोझै भैरहवा आएको यो विमानमा एसपिजीको टोली र मोदीले प्रयोग गर्ने गाडी आएको हो। 

प्रकाशित: May 12, 2022| 14:59 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।