काठमाडौं– काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले चुनाव आफूले जितिसकेको टिप्पणी गरेकी छन्। मंगलबार असनमा आयोजित चुनावी सभामा उनले भनिन्, ‘उत्साह हेर्दा मैले युद्ध जितिसकें जस्तो लागिरहेको छ।’
काठमाडौंका मतदाता ३ लाखमात्र भए पनि जनसंख्या १५–१६ लाख भएको भन्दै उनले सबैको लागि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन्। ‘०४६ सालपछिको मेयर पीएल सिंहले जुन परिकल्पना गर्नुभएको थियो, उहाँले बनाउनुभएको योजना लागू गर्न म कटिबद्ध छु,’ उनले भनिन्।
यही शुक्रबार हुने मतदानका लागि मंगलबार रातिदेखि मौन अवधि सुरु हुँदैछ।