बुधबार, असार ३१, २०८३

विमला र संगिता विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- १८ औं एशियाली खेलकुदका लागि थाइल्याण्डमा प्रशिक्षणरत दुई बक्सिङ महिला खेलाडीले मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन्। 

चार मुलुकका टोलीहरु सम्मिलित मैत्रीपूर्ण प्रतियोगितामा महिला ५७ केजी तौल समूहमा संगीता सुनारले लगातार दोस्रो जित हासिल गरेकी हुन्। उनले थाइल्याण्ड बी टिमकी पुर्नापालाई अंकको आधारमा हराएकी हुन्। 

यसअघि शनिबार उनले थाइल्याण्ड ए टिमकी बुन्याबुचलाई हराएकी थिइन्। आइतबारनै भएको अर्को खेलमा नेपाली राष्ट्रिय टोलीकी बिमला श्रेष्ठले ५१ केजी तौलसमूहमा थाइल्याण्ड बी टिमकी निल्लाडालाई अंककै आधारमा हराइन्।  


महिला ६० केजीतर्फ पहिलो खेलमा थाइ राष्ट्रिय टोलीकी खेलाडीलाई हराएकी पुनम रावलले आइतबारको खेलमा थाइल्याण्डकै अनुसारासँग पराजित भइन्। 

आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियाको जाकार्तामा हुने १८औं एशियाली खेलकुदको तयारीका लागि नेपाली बक्सिङ टोली पछिल्लो डेढ महिनादेखि थाइल्याण्डमा विशेष प्रशिक्षणमा रहेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।