सोमबार, वैशाख २४, २०८१

एमालेको किल्ला भत्काउने एकीकृत समाजवादीको दाउ

गठबन्धनको मुख्य प्रतिष्पर्धी मानिएको एमालेका तर्फबाट अनन्त पौडेलले मेयरमा उम्मेदवारी दिएका छन् भने उपमेयरका लागि सुमित्रा काफ्ले रहेका छन्।
 |  सोमबार, वैशाख २६, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, वैशाख २६, २०७९

काठमाडौं– हेटौंडा उपमहानगरपालिकामा यही वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा कसले बाजी मार्ला भन्ने चासो बढेको छ। निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिना कुमारी लामाले उम्मेदवारी दिएकी छन् भने उपमेयरमा कांग्रेसका तर्फबाट राजेश बानियाँ छन्।

triton college

लामा अघिल्लो कार्यकालमा एमालेका तर्फबाट उपमेयर पनि हुन्। तर एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीबाट उनले यसपटक मेयरको टिकट पाएकी छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता जनताको घरदैलोमा पुगेका छन्। 

त्यस्तै गठबन्धनको मुख्य प्रतिष्पर्धी मानिएको एमालेका तर्फबाट अनन्त पौडेलले मेयरमा उम्मेदवारी दिएका छन् भने उपमेयरका लागि सुमित्रा काफ्ले रहेका छन्। उता हेटौंडामा चौथो दल मानिएको राप्रपाबाट दीपकबहादुर सिंहले मेयरको उम्मेदवारी  परेको छ। निर्वाचन नजिकिएसँगै आफ्नो पार्टीले गरेका राम्रा काम तथा अबको भावी योजनाको बारेमा प्रचार गर्ने कार्यहरू व्यापक बन्दै गएको छ । 

०४९ र ०५४ मा भएको निर्वाचनमा हेटौंडामा एमाले विजयी भएको थियो भने ०७४ सालको चुनावमा पनि एमालेकै वर्चस्व कायम रहेको थियो। हेटौंडामा हालसम्म ३० वर्षदेखि  एकछत्र रुपमा राज गर्दै आएको एमालेले यसपटक आफ्नो साख जोगाउन सक्ला कि नसक्ला भन्ने आम चासो छ।

जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरमा १ लाख ४ हजार ४ सय ७३ मतदाता छन्। तीमध्ये करिब ३१ प्रतिशत मतदाता जनजाति (तामाङ) समुदायका छन्। बाहुन २६ र क्षेत्री १३ प्रतिशत छन्। 

corrent noodles
Metro Mart

२०७४ को निर्वाचनलाई हेर्ने हो भने मकवानपुरका १० स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो। जसमा हेटौंडा उपमहानगरपालिकामा एमालेले थोरै मतान्तरले जित हासिल गरेको थियो। एमालेको तर्फबाट मेयरका उम्मेदवार हरिबहादुर महतले २३ हजार १२४ मत प्राप्त गरी जित हासिल गरेका थिए। माओवादी केन्द्र समेतको गठबन्धनबाट उम्मेदवार बनेका आनन्दराम पराजुलीलाई ६१५ मतले हराउँदै महत मेयर निर्वाचित भएका हुन्। पराजुलीले २२ हजार ५ सय ९ मत पाएका थिए।

त्यस्तै मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट उम्मेदवार बनेका मधु अधिकारीले ६ हजार ८५७ मत ल्याए भने संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका शुभरत्न गोलेले १ हजार १०६ मत पाएका थिए। 

मेयरमा एमालेका महतका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत पाएका थिए। जम्मा ६१५ मतको फरक परेकोमा गठबन्धनले यसपटक त्यो मत सहजै ल्याउने दाबी गरेको छ। गठबन्धन तर्फका मेयरका उम्मेदवार मिना कुमारी लामा जितको गठबन्धन नै जितको मुख्य आधार भएको बताउँछिन्।

उनी भन्छिन्, ‘मेरो जितको मुख्य आधार नै गठबन्धन हो। गठबन्धको विश्वास, हेटौंडाबासीको पूर्ण समर्थन, समृद्ध हेटौंडा बनाउने संकल्प, म एक महिला उम्मेदवार, मेरो पहिलाको पाँच वर्षे सफल कार्यकाल, मेरो आत्मविश्वास। यी कुराहरुले हाम्रो गठबन्धलाई बलियो बनाएको छ। अहिलेसम्मको एमालेको राजलाई हामी तोड्नेछौं।’ 

लामा अघिल्लो निर्वाचनमा एमालेका तर्फबाट उपमेयर भएकी थिइन्। अघिल्लो कार्यकालमा एमालेका तर्फबाट उपमेयर बनेकी लामा हाल एकीकृत समाजवादीबाट मेयरको उम्मेदवार हुन्। उनी भन्छिन्, ‘मैले ५ वर्षसम्म हेटौंडा उपमहानगरमा उपमेयरको रुपमा काम गरिसकेकाले पनि आम मानिसको मप्रति विश्वास पनि छ। ५ वर्षको अवधिमा मलाई जुन अधिकार दिइएको थियो, त्यसलाई मैले जिम्मेवारीपूर्वक निभाएको छु। अन्य पार्टीका मानिसहरु भए पनि व्यक्तिगत सम्बन्धका कारण पनि भोट बढ्न सक्छ।’

गठबन्धनको मुख्य प्रतिष्पर्धी मानिएको एमालेका तर्फबाट अनन्त पौडेलले मेयरमा उम्मेदवारी दिएका छन् भने उपमेयरका लागि सुमित्रा काफ्ले रहेका छन्।

हेटौंडाले नयाँ नेतृत्व खोजेको भन्दै उनले त्यसका लागि गठबन्धन सरकारले जित्नु आवश्यक रहेको तर्क गरिन्। पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) को भागमा परेको मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा मिनाकुमारी लामा उम्मेदवार हुन्। लामा अघिल्लो कार्यकालकी उपमेयर समेत हुन्। एकीकृत समाजवादी नगर समितिले पार्टी जिल्ला उपाध्यक्ष लामासहित जिल्ला अध्यक्ष श्रीधर पोख्रेलको नाम सिफारिस गरे पनि लामाले टिकट पाएकी थिइन्। यदि आगामी निर्वाचनमा लामा हेटौंडाको मेयरमा निर्वाचित भएमा हेटौंडाको पहिलो महिला प्रमुखको रुपमा इतिहास बनाउनेछिन्। लामा तत्कालीन नेकपा एमालेदेखि नै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा निकटकी हुन्। गत निर्वाचनमा उनले २३ हजार ४ सय ३७ मत ल्याउँदै नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनका उम्मेदवार बलराम बललाई पराजित गरेकी थिइन्। 

उता प्रजातन्त्र पुनःस्थापनापछि भएका २०४९, २०५४, २०७४ सालको निर्वाचनमा जित हासिल गर्दै आएको एमाले यसपटक पनि जित हासिल गर्ने दाउमा छ। विगतको नतिजाको कारण पनि यो पटक पनि चुनाव जित्ने एमालेको दावी छ। २०७४ सालको निर्वाचनमा एमालेले ६, कांग्रेस र माओवादीले दुई–दुई पालिका जितेका थिए। एमालेबाट निर्वाचित दुई वटा पालिकाका अध्यक्ष एकीकृत समाजवादीमा गएका छन्। तर, हालै विभाजन भएकाले एमालेलाई सहज भने छैन। अघिल्लो निर्वाचनमा थोरै मतले विजयी हुनु, पार्टी विभाजन हुनुले एमाललोई धक्का लाग्न सक्ने आंकलन गरिएको छ। 

एमाले छाडेर एकीकृत समाजवादीमा पुगेकी लामाका लागि एमाले नै मुख्य प्रतिपर्धि हो। हेटौंडा उपमहानगरमा एकीकृत समाजवादी कमजोर भए पनि गएको निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेस, तेस्रो दल बनेको माओवादीको आडमा बलियो बन्न खोजेको छ। 

प्रजातन्त्र पुनःस्थापनापछि भएका २०४९, २०५४, २०७४ सालको निर्वाचनमा जित हासिल गर्दै आएको एमाले यसपटक पनि जित हासिल गर्ने दाउमा छ।

उता एमालेले पनि विरासत भत्किन नदिने दाबीका साथ अगाडि बढेको छ। हेटौंडा उपमहानगरपालिका अध्यक्ष एकलाल श्रेष्ठ भन्छन्, ‘हामी विगतको इतिहासलाई ढल्न दिँदैनौं। हामी आफ्नै कार्यक्रम लिएर अगाडि बढिरहेका छौं। हामीलाई कसले गठबन्धन गर्यो, गरेन भन्ने सरोकार छैन। हामीले आफ्ना मुद्दा अगाडि बढाएका छौं।  जनताले पनि कतिवटा पार्टी मिलेर आए त्यो हेर्दैनन्। कुन दलले कुन सिद्धान्त र विचार बोकेर आएको छ भन्ने कुरालाई ध्यान दिन्छन्। कुन उम्मेदवार कस्तो हो भन्ने ध्यान दिन्छन्। परिवर्तनका निम्ति कस्तो काम गर्यो, कस्ता एजेण्डा बोकेका छन् भन्ने ध्यान दिन्छन्। वर्षौंदेखिको जनाताको विश्वासलाई एमालेले यसपटक पनि कायम गर्छ।’ 

तीन कार्यकालमा हेटौंडामा उल्लेखनिय विकास गरेको भन्दै जनतालाले एमालेलाई जिताउने एमालेको विश्वास छ। एमालेले हेटौंडामा गठबन्धनले आफूलाई कुनै असर नगर्ने दाबी गरेको छ। चुनाव जित्नको लागि कुनै समस्या नभएको उसको तर्क छ। अर्को कुरा एमाले विभाजनले पनि हेटौंडा उपमहानगरमा कुनै असर नगर्ने दाबी छ। ‘पार्टी विभाजनको असर हेटौंडा उपमहानगरलाई त्यति पर्दैन। किनकी धेरै मानिसहरु विभाजन भएर गएका पनि छैनन्, गएकाहरु पनि फर्किरहेका छन्। अर्को कुरा गठबन्धन गरेर मात्रै जित्ने भए वितगका चुनावमा पनि गठबन्धन भएका थिए किन जित्न सकेनन्?’ श्रेष्ठ प्रश्न गर्छन्। 

हेटौंडा उपमहानगरमा यसपटक सत्ता गठबन्धन एमालेको विरासत भत्काउने दाउमा छ भने एमाले विगतको इतिहासलाई निरन्तरता दिने पक्षमा देखिन्छ। त्यस्तै गएको निर्वाचनमा मकवानपुरमा चौथो दल बनेको राप्रपा विभाजनका कारण यसपटक कमजोर देखिएको छ। मकवानपुर राप्रपा नेपालका अध्यक्ष कमल थापाको पकड भएको क्षेत्र हो। तर, पार्टी विभाजनका कारण यसपटक विगतको जति पनि मत नपाउने आकलन छ। राप्रपा यसपटकको निर्वाचनमा आफ्नो पहिचान कायम राख्नका लागि घरदैलो गरिरहेको छ। 

प्रकाशित: May 09, 2022| 13:32 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...