मंगलबार, असार २३, २०८३

ओलम्पिक फुटबलको स्वर्ण पदक ब्राजिललाई

टोक्यो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ।

शनिबार भएको फाइनल खेलमा स्पेनलाई २-१ गोलले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको हो।

निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोल गरेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो। खेलको १०८औं मिनेटमा ब्रजिलका लागि माल्कमले गोल गर्दै स्वर्ण पदक सुनिश्चित गराए।

त्यसअघि खेलको पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा म्याथ्युस कुन्हाले गोल गर्दै ब्रजिललाई अग्रता दिलाएका थिए। खेलको ६१ औं मिनेटमा स्पेनका माइकल ओयारर्जाबलले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसपछि निर्धारित ९० मिनेटसम्म कुनै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समयतर्फ गएको थियो।

२०१६ को रियो ओलम्पिकमा घरेलु मैदानमै स्वर्ण जितेको ब्राजिलले लगातार दोस्रोपटक स्वर्ण जितेको हो। त्यतिबेला उसले निकट प्रतिद्वन्दी जर्मनीलाई हराएर स्वर्ण पदक जितेको थियो।

पुरुष फुटबलतर्फको कास्य पदक भने मेक्सिकोले हासिल गरेको छ। उसले शुक्रबार आयोजक जापानलाई ३-१ गोलले पराजित गरेको थियो। त्यस्तै ओलम्पिक महिला फुटबलको स्वर्ण पदक क्यानडाले जितेको छ।

प्रकाशित: Aug 07, 2021| 19:51 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।