बुधबार, कात्तिक ७, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त, गठबन्धन नहुँदाको फाइदा उठाउला एमालेले?

Siddartha premir insuranceSiddartha premir insurance

सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त, गठबन्धन नहुँदाको फाइदा उठाउला एमालेले?

केन्द्रीय तहमा पाँच दलीय गठबन्धनले तालमेलको निर्णय गरे पनि सिन्धुपाल्चोकमा सत्ता गठबन्धनभित्र आवद्ध नभएका दलसँग चुनावी तालमेल भएको छ।
 |  आइतबार, वैशाख २५, २०७९
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, वैशाख २५, २०७९

काठमाडौैं– यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका लागि अहिले दलहरु गाउँ–गाउँ पुगेका छन् र मतदातालाई आफूतर्फ आकर्षित गर्न कस्सिएर लागेका छन्। वडादेखि पालिका, जिल्ला हुँदै केन्द्रसम्मै लागेको छ चुनाव। दलहरु कतै गठबन्धन बनाएर चुनावमा होमिएका छन् त कतै एक्लाएक्लै भिड्दैछन्। 

triton college

सिन्धुपाल्चोक जिल्लामा तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पुरानो प्रभाव पनि जिल्लामा छँदैछ। नेकपा एमालेले जिल्लाका सात वटा स्थानीय तहमा जित हात पार्ने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएको बताएको छ। नेपाली कांग्रेस कम्तीमा चार स्थानीय तहमा जित निकाल्ने कोसिसमा छ भने नेकपा माओवादी केन्द्र ५ स्थानीय तहमा नेतृत्व गर्न अघि सरेको छ।

अघिल्लो २०७४ को स्थानीय चुनावमा एमालेले सिन्धुपाल्चोकका ७ वटा स्थानीय तह जितेको थियो। झिनो मतान्तरले इन्द्रावती गाउँपालिकामा हारेको एमालेले यसपालि भने सो गाउँपालिका जित्ने हरसम्भव प्रयास गरेको छ। पहिले जितेका पालिका जोगाउने चुनौती एमालेसामु छ। एमालेबाट बलेफी गाउँपालिकाको अध्यक्ष जितेका केदार क्षेत्री असन्तुष्ट बन्दै नेपाली कांग्रेसमा गएका छन्। यसकारण बलेफी एमालेको हातबाट जाने डर रहेको नेकपा एमालेका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष कमल नेपाल बताउँछन्। 

क्षेत्रीले जिल्ला अध्यक्ष हुन चाहेका थिए तर केन्द्रले हस्तक्षेप गरी नेपाललाई अध्यक्ष बनाएपछि रुष्ट भएर नेपाली कांग्रेस प्रवेश गरेका हुन्। त्यस्तै, जिल्लाका पुराना नेता सुवास कर्माचार्य पनि नेकपा एकीकृत समाजवादीमा गएपछि एमालेलाई मुस्किल हुने देखिएको छ। ‘हामीबाट छुट्टिएर गएका साथीहरु थोरैमात्र हुनुहन्छ, त्यसैले उहाँहरु गए पनि स्थानीय चुनावमा नेकपा एमालेलाई खासै असर पर्दैन,’ जिल्ला अध्यक्ष नेपालको दाबी छ। 

सिन्धुपाल्चोक जिल्लामा तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पुरानो प्रभाव पनि जिल्लामा छँदैछ।

उनका अनुसार पहिले जितेको स्थानीय तहमा आफ्नो पकड गुमाउन नदिने र नेपाली कांग्रेसले जितेको सुनकोसी र इन्द्रावती गाउँपालिकामा नेकपा एमालेले जित्नेछ। सुनकोसी गाउँपालिकाका नेपाली कांग्रेस निकट कार्यकर्ता एमालेमा प्रवेश गरेको र इन्द्रावतीमा नेपाली कांग्रेसबीच नै ठूलो अन्तरविरोध रहेकोले आफूले जित्नेमा ढुक्क छन् इन्द्रावती गाउँपालिकाका झम्क नेपाल पनि। 

Metro Mart
vianet

त्यस्तै नेकपा एमालेलाई जिल्लाको बलेफी, चौतारा साँगाचोकगढी, हेलम्बु र भोटेकोसी गाउँपालिकामा भने अलि कठिन हुने अवस्था छ। ‘अन्य गाउँपालिका भने एमालेले आफ्नो हातबाट फुत्कन दिँदैन,’ जिल्ला अध्यक्ष नेपालले भने। 

माओवादी केन्द्रका जिल्ला इन्चार्ज माधव सापकोटा (सुवोध) आफूहरुले जिल्लाको पाँच स्थानीय तह जित्ने दाबी गर्छन्। उनका अनुसार पहिले जितेका स्थानहरु निरन्तर जित्नुका साथै इन्द्रावती, लिसंखुपाखर र जुगल गाउँपालिका जित्ने तयारीका साथ नेकपा माओवादी मैदानमा उत्रेको छ। 

यसअघि ती तीनवटै गाउँपालिकामा माओवादीले हारेको थियो। इन्द्रावती गाउँपालिकामा माओवादी केन्द्र तेस्रो भएको थियो भने बाँकी दुई गाउँपालिकामा झिनो मतान्तरले नेकपा एमालेसँग हारेको थियो। 

नेपाली कांग्रेस पनि पहिले जितेका स्थानीय तहमा आफ्नो जित कायम राख्दै थप गाउँपालिकामा विस्तारित हुने योजनामा छ। अघिल्लो चुनावमा जिल्लाका सबै नगरपालिकाबाट हात धोएको कांग्रेसले यसपालि मेलम्ची नगरपालिका आफ्नो हातमा ल्याउने हरसम्भव प्रयास गरेको जिल्ला अध्यक्ष जंगबहादुर तामाङले बताए। यसअघि कांग्रेसले झिनो मतले हार व्यहोर्नुपरेको बाह्रविसे नगरपालिका पनि यसपालि हात पार्ने प्रयासमा कांग्रेस छ। 

त्यसो त केही महिनाअघि सम्पन्न कांग्रेसको जिल्ला अधिवेशनले पार्टी सिन्धुपाल्चोकमा कमजोर देखिएको छ। पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा निकट नेता मोहनबहादुर बस्नेतले आफैँ मैदानमा उत्रिएर शेखर कोइराला प्यानलका वंशलाल तामाङलाई हराएको तुष कार्यकर्ताहरुमा अझै नमेटिएको स्थानीय बताउँछन्। जिल्ला सभापतिमा हार्नुपरेको तुष शेखर प्यानलले चुनावको समयमा मेट्न सक्ने र त्यसका कारण पार्टी हार्न सक्ने कतिपयको आकलन छ। यसअघि कांग्रेसले जितेको इन्द्रावती र हेलम्बु गाउँपालिका अध्यक्ष पनि यसपालि गुम्ने अवस्था आइसकेको स्थानीय नेताहरु बताउँछन्। 

माओवादी केन्द्रमा पनि जिल्लाभित्र फुट छ। चौतारा साँगाचोकगढी नगरपालिकाका तत्कालिन मेयर अमानसिंह तामाङको टिकट खोसेर सभामुखसमेत रहेका अग्नि सापकोटाले आफ्ना भाइ कृष्णप्रसाद सापकोटालाई टिकट दिलाएपछि सतहमा आएको विवादले भुसको आगोको काम गरिरहेको स्थानीय नेताहरुको भनाइ छ, जसको असर यही स्थानीय निर्वाचनमा देखिने बताइन्छ। यद्यपि चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीले नै जित्ने अन्य पार्टीका जिल्ला अध्यक्षहरु पनि स्वीकार्छन्। 

यसपालि मेलम्ची नगरपालिकामा पनि निकै घम्साघम्सी छ। त्यहाँ तीन दलको नभएर चार दलको राम्रो टक्कर रहेको स्थानीय नेताहरु बताउँछन्। सो नगरपालिकामा एमाले, कांग्रेस, माओवादीसँगै राप्रपा पनि मैदानमा छ। त्यहाँ माओवादी केन्द्र र कांग्रेसभन्दा पनि राप्रपासँग ठूलो प्रतिष्पर्धा हुने एमाले जिल्ला अध्यक्ष नेपालको भनाइ छ। 

त्यसो त केही महिनाअघि सम्पन्न कांग्रेसको जिल्ला अधिवेशनले पार्टी सिन्धुपाल्चोकमा कमजोर देखिएको छ। पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा निकट नेता मोहनबहादुर बस्नेतले आफैँ मैदानमा उत्रिएर शेखर कोइराला प्यानलका वंशलाल तामाङलाई हराएको तुष कार्यकर्ताहरुमा अझै नमेटिएको स्थानीय बताउँछन्।

जिल्लामा हरेक निर्वाचनमा केन्द्रका प्रतिनिधिहरुको जुँगाको लडाइँ देखिन्छ। कांग्रेस सभापति देउवा निकट मोहनबहादुर बस्नेत, माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र अग्नि सापकोटा र एमाले अध्यक्ष केपी ओली निकट शेरबहादुर तामाङबीचको प्रतिष्ठाको लडाइँले कारण सिन्धुपाल्चोकको राजनीति प्रभावित हुने गरेको छ। पछिल्लो समय उदाएका तामाङ भन्दा पनि लामो समयदेखि प्रभाव जमाइरहेका बस्नेत र सापकोटाको लडाइँका कारण यसपटक जिल्लाका कुनै पसिन स्थानीय तहमा  माओवादी केन्द्रले नेपाली कांग्रेससँग गठबन्धन गरेको छैन। 

केन्द्रीय तहमा पाँच दलीय गठबन्धनले तालमेलको निर्णय गरे पनि सिन्धुपाल्चोकमा सत्ता गठबन्धनभित्र आवद्ध नभएका दलसँग चुनावी तालमेल भएको छ। 

सुनकोशी गाउँपालिकामा एमाले र माओवादीबीच तालमेल भएको छ। मेलम्चीमा कांग्रेस र राप्रपाले तालमेल गरेका छन्। मेलम्ची नगरपालिकामा सत्ता गठबन्धन दल कांग्रेसले राप्रपासँग तालमेल गरेको छ। चौतारामा एकीकृत समाजवादी र माओवादीबीच तालमेल भएको छ। जुगल गाउँपालिकामा भने गठबन्धनबीच तालमेल भएको छ।

केन्द्रका नेताहरुको जुँगाको लडाइँले गठबनधन हुन नसक्दा स्थानीय नेता उत्साहित छैनन्। ‘नेपाली कांग्रेससँग गठबन्धन गर्न सकिएको भए जिल्लामा एमालेलाई क्लीनस्वीप गर्न सकिने थियो तर बस्नेत र सापकोटाको लडाइँका कारण त्यसो हुन सकेन,’ नेकपा माओवादीका एक स्थानीय कार्यकर्ताले भने। माओवादीले सुनकोसी गाउँपालिकामा नेकपा एमालेसँग मिलेर टिम बनाएको छ। अध्यक्ष एमाले र आफूहरुले उपाध्यक्ष लिएर एमालेसँग गठजोड गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष नेपालले बताए। यो गठबन्धन केन्द्रको भन्दा पनि स्थानीय माग भएकोले आफूहरुले स्थानीय स्तरमा माहोल हेरेर गठबन्धन गरेको माओवादी जिल्ला इन्चार्ज सापकोटाले जानकारी दिए। 

प्रकाशित: May 08, 2022| 14:13 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...