शुक्रबार, साउन २९, २०८३

रेणु दाहालको भाषण सुनेर दंगदा...स भएको छु : माधवकुमार नेपाल

'चुनावी अभियानमा गएको त घाँटी च्याप्पै बसेछ। आज त स्वाट्टै खुलेछ। रेणु दाहालको भाषण सुनेर दंगदा...ऽऽऽस भएको छु। त्यस्तो भाषण र कामको प्रतिवदेन जसरी प्रस्ततु भयो मैले कल्पनै गरेको थिइनँ,' नेपालले भने।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर मेयरका लागि प्रतिस्पर्धामा रहेकी रेणु दाहालको फेहरिस्त सुनेर दंगदाऽऽऽऽस भएको बताएका छन्। 

सत्ताधारी ५ दलीय गठबन्धनले भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई भोट माग्न आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्। 

'चुनावी अभियानमा गएको त घाँटी च्याप्पै बसेछ। आज त स्वाट्टै खुलेछ। रेणु दाहालको भाषण सुनेर दंगदा...ऽऽऽस भएको छु। त्यस्तो भाषण र कामको प्रतिवदेन जसरी प्रस्ततु भयो मैले कल्पनै गरेको थिइनँ,' नेपालले भने। 

नेपालले  केपी शर्मा  ओलीको आलोचना गर्न छुटाएनन्। उनलाई बयलगाढा दर्शनका प्रवर्तक भएको भन्दै व्यंग्य गरे। ओली गफाडी मात्र भएको उनको आरोप छ। 

प्रकाशित: May 05, 2022| 15:44 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...