शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थापितमाथि गगनको टिप्पणी- महिला विरोधी उम्मेदवारलाई जनताले जवाफ दिने छन्

स्थापितमाथि गगनको टिप्पणी- महिला विरोधी उम्मेदवारलाई जनताले जवाफ दिने छन्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महिला विरोधी उम्मेदवारलाई मतदानका दिन जनाले जवाफ दिने बताएका छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महिला विरोधी उम्मेदवारलाई मतदानका दिन जनाले जवाफ दिने बताएका छन्।

काठमाडौं महानगरमा कांग्रेसबाट उम्मेदवार रहेकी सिर्जना सिंहको तर्फबाट काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले मतदानको दिन महिला विरोधी उम्मेदवारलाई जनताले जवाफ दिनुपर्ने बताएका हुन्।

एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई लक्षित गर्दै थापाले भने, ‘बेइज्जत गर्न खोजिएको छ। एकचोटि हैन पटकपटक पार्टीको सभापतिदेखि उम्मेदवारसम्मले एक मञ्चपछि अर्को मञ्चमा भनिएको छ, काम नलाग्ने महिला भनेर। यो काठमाडौंका सम्पूर्ण महिलाको अपमान हो।’

वैशाख १८ गते एक कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले कांग्रेसबाट मेयरको उम्मेदवार रहेकी सिर्जना सिंहलाई तागतै नभएको महिला भन्दै सिधैँ बहिस्कार गर्नुपर्ने बताएका थिए।

थापाले स्थापितको भनाईले सूर्यमा छाप हाल्ने महिलाको समेत अपमान भएको बताए। एमालेले हिन्दुदेखि क्रिश्चियन धर्म वकालत गर्ने दलसम्मका दलहरुसँग गठबन्धनमा उत्रिएको थापाको आरोप छ।


प्रकाशित: May 05, 2022| 13:42 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...