बुधबार, जेठ ९, २०८१

नेमकिपा घेराबन्दीमा पर्ला भक्तपुरमा?

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुरको पनि मध्यभागमा पर्ने भक्तपुर नगरपालिका क्षेत्रफलको हिसाबले जिल्लाकै सानो नगरमा पर्छ। जुन नगरमा अहिलेसम्मका सबै स्थानीय निर्वाचनमा नेमकिपा हाबी छ।
 |  बिहीबार, वैशाख २२, २०७९

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं– स्थानीय निर्वाचन नजिकिँदै जाँदा भक्तपुर नगरपालिकाको नेतृत्व लिन शीर्ष राजनीतिक दल चुनावी अभियानमा व्यस्त छन्। यद्यपि पाँच दशकको राजनीतिक विरासत बोकेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पकड क्षेत्रमा अन्य दललाई मुस्किलप्रायः देखिन्छ। 

triton college

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुरको पनि मध्यभागमा पर्ने भक्तपुर नगरपालिका क्षेत्रफलको हिसाबले जिल्लाकै सानो नगरमा पर्छ। जुन नगरमा अहिलेसम्मका सबै स्थानीय निर्वाचनमा नेमकिपा हाबी छ। अहिले  पनि नेमकिपाले भक्तपुर नगरमा २०७४ मा विजयी सुनिल प्रजापति र रजनी जोशीलाई नै मेयर र उपमेयरमा दोहोर्याएको छ। नगरको दश वडामध्ये सात वडाध्यक्षमा नेमकिपाबाट उम्मेदवारी दोहोरिएको छ। 

वडा एकमा श्यामकृष्ण खत्री, दुईमा हरिप्रसाद बासुकला, तीनमा राजकृष्ण गोरा, छमा हरिराम सुवाल, सातमा उकेश कवां, नौमा रवीन्द्र ज्याख्व र दशमा लक्ष्मीप्रसाद ह्योमिखा पुनः वडाध्यक्षको उम्मेदवार बनेका हुन्। भक्तपुरको वडा चारमा उपेन्द्र सुवाल, पाँचमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेका भाइ योगेन्द्रमान बिजुक्छे र आठमा कृष्णप्रसाद कोजुले उम्मेदवारी दिएका छन्।

छिमेकी सूर्यविनयाक र मध्यपुरमा बलियो मानिने एमालेले भक्तपुरमा  रवीन्द्र लाछिमस्यूलाई उम्मेदवार बनाएको छ। यस्तै कांग्रेसबाट रामभक्त कासुला र माओवादी केन्द्रबाट तुलसीभक्त सुवाल उम्मेदवार रहेका छन्।

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुरको पनि मध्यभागमा पर्ने भक्तपुर नगरपालिका क्षेत्रफलको हिसाबले जिल्लाकै सानो नगरमा पर्छ। जुन नगरमा अहिलेसम्मका सबै स्थानीय निर्वाचनमा नेमकिपा हाबी छ।

देशका विभिन्न पालिकामा सत्ता गठबन्धनको तालमेल भए पनि भक्तपुरमा अन्तिम समयसम्म तालमेल हुन सकेन। नेपाली कांग्रेस र माओवादीले आफूले मेयर पाउनुपर्ने दाबी अन्तिमसम्म छाडेनन्। यसपछि गठबन्धनका जिल्ला तहका नेताहरूले आ–आफ्ना उम्मेदवार उठाउन पाउने सहमति गरे। जसअनुसार गठबन्धनका जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले मेयर, उपमेयर र वडाध्यक्षमा एक्लाएक्लै उम्मेदवार खडा गरे। 

corrent noodles
Metro Mart

कांग्रेस र एकीकृत समाजवादीले भने चुनावी तालमेल गरेका छन्। कांग्रेसबाट रामप्रसाद कासुलालाई मेयर बनाइँदा उपमेयरमा एकीकृत समाजवादीका ओमचरण अमात्यलाई उम्मेदवार बनाइएको छ। वडा तहमा कांग्रेसले ६ वटा र एकीकृत समाजवादीले चार वडा लिएका छन्।

एक लाख ८४ हजार ३ सय ७१ मतदाता रहेको भक्तपुर नगरपालिकामा भने नेमकिपा नै बलियो रहेको छ। नेमकिपाबाट निर्वाचित मेयर सुनिल प्रजापतिले २०७४ को निर्वाचनमा २५ हजार ७३० मत ल्याउँदा एमालेका  विष्णुप्रसाद सुवालले ४ हजार २ सय १८ तथा कांग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५६० मतमात्र मत ल्याए। राप्रपाका रविकृष्ण श्रेष्ठले ९ सय १५ मत ल्याए। पुरानो बजार क्षेत्रमा नेमकिपा बलियो मानिँदै आएको छ। 

एक लाख ८४ हजार ३ सय ७१ मतदाता रहेको भक्तपुर नगरपालिकामा भने नेमकिपा नै बलियो रहेको छ। नेमकिपाबाट निर्वाचित मेयर सुनिल प्रजापतिले २०७४ को निर्वाचनमा २५ हजार ७३० मत ल्याउँदा एमालेका  विष्णुप्रसाद सुवालले ४ हजार २ सय १८ तथा कांग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५६० मतमात्र मत ल्याए।

नेमकिपा भक्तपुर अध्यक्ष सुरेन्द्रराज गोसाइँ भने स्थानीय जनताको मन जितेको हुनाले नेमकिपालाई जनतामाझ जान सजिलो भएको बताउँछन्। ‘हामीले आफ्नो कामबाट स्थानीय शासनको सही अभ्यास गरेको हुनाले एक्लै निर्वाचन होमिन केही गाह्रो पर्दैन। भक्तपुरका जनताले हामीलाई राम्रोसँग चिन्छन्,’ गोसाइँले भने। राप्रपाले २०७६ मंसिर १४ गते सम्पन्न प्रदेशसभाको उपनिर्वाचनमा कांग्रेसका कृष्णलाल भडेललाई राप्रपाले सहयोग गरेअनुसार स्थानीय निर्वाचनमा तालमेल गर्ने बताएको थियो। त्यो सहमति पनि अहिले भंग भएको छ। राप्रपा नेपाल (कमल थापा पक्ष) ले भने एमालेलाई सघाउने छ। 

भक्तपुरमा नेमकिपापछि कांग्रेसको संगठन बलियो मानिन्छ। यसपछि क्रमशः एमाले, राप्रपा, माओवादी केन्द्र भक्तपुरको राजनीतिमा सक्रिय छन्। उम्मेदवारी घोषणापछि सार्वजनिक गरिएको नामावलीबाट नेमकिपाका दुई उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। वडा सदस्यमा उम्मेदवारी दिएकामध्ये दुई दलित महिला सदस्य निर्विरोध भएका हुन्।

उपमेयरतर्फ नेकपा माओवादी केन्द्रले इन्द्रमाया सुवाल, नेकपा एकीकृत समाजवादी ओमचरण अमात्य र एमालेले रञ्जना खर्बुजालाई उम्मेदवार बनाएको छ। 

एमसीसीको हिसाबकिताब हुने नेमकिपाको दाबी

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले स्थानीय निर्वाचन एमसीसी पक्षधर र देशभक्तहरूबीचको लडाइँको रहेको बताएका छन्। सांसद सुवालले एमसीसीको विपक्षमा नेमकिपा र भक्तपुरबासीले ठूलो जनसंघर्ष गरेको दाबी गरे। ‘गठबन्धनमा रहेका दलहरूले एमसीसी संसद्बाट पारित गरेर देशको स्वाधीनतामाथि ठूलो आघात पुर्याए। प्रमुख प्रतिपक्षी दल एमालेले समेत संसद् अवरुद्धको नाटक मञ्चन गरी एमसीसी पास गराउन मलजल गर्यो,’ सुवालले चुनावी सभामा भने।

नेमकिपाले भक्तपुरमा एमसीसी, सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणलाई मुख्य मुद्दा बनाएको छ। वैशाख १६ गते सार्वजनिक गरेको घोषणापत्रमा भक्तपुरलाई सांस्कृतिक नगरपालिका घोषणा गराउन जोड दिने बताइएको छ। घोषणापत्रमा भनिएको छ– सिपालु सिकर्मी र डकर्मीले काठ, ढुंगा, इँटा र माटोको जोडाइको परम्परागत घर बनाउँदा बलियो हुन्छ र नेपाली हावा–पानीअनुसार मिल्छ। यस्तो आवास बनाउन जोड दिइनेछ। नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू विजयी स्थानीय तहलाई भक्तपुर नगरपालिकाजस्तै देशकै नमुना हुने गरी सञ्चालन गरिनेछ।

भक्तपुरमा नेमकिपापछि कांग्रेसको संगठन बलियो मानिन्छ। यसपछि क्रमशः एमाले, राप्रपा, माओवादी केन्द्र भक्तपुरको राजनीतिमा सक्रिय छन्।

घोषणापत्रको केन्द्रमा शिक्षालाई राखिएको छ। शिक्षाले मात्रै परिवर्तन सम्भव भएको भन्दै शिक्षालाई निःशुल्क बनाउनुपर्ने घोषणापत्रमा उल्लेख छ। बेरोजगार युवाहरूलाई विदेश पलायतबाट रोक्न पालिकाहरूले कृषि तालिम, डकर्मी, सिकर्मी तालिम र अन्य दक्ष प्राविधिक मजदुरहरू तयार गरी देशको विकासमा सहयोग पुर्याउने कार्यक्रम ल्याइने उल्लेख छ। नेमकिपाले ख्वपः विश्वविद्यालय र मेडिकल कलेज सञ्चालन गर्ने तयारी पनि गरेको छ। यसको लागि सरकारसँग भक्तपुर नगरपालिकाले अनुमति मागिरहेको थियो। 

बल्झियो नेमकिपा फसेको जग्गा विवाद

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जग्गा एकीकरण आयोजनाको विक्षमा अहिले पीडितहरूले विरोध गरिरहेका छन्। ‘देको मिबा इतापाके जग्गा एकीकरण आयोजना पीडित संघर्ष समिति’ले अहिले भक्तपुर नगरविरुद्ध संघर्ष गरिरहेको छ। संघर्ष समितिको संयोजक एवं मेयरका उम्मेदवार सत्यराम त्वायनाले किसानको जग्गा कटौतीको चर्को विरोध गरेका छन्। त्वायनाले भक्तपुर नगरपालिका र नेमकिपाका कारण २०७७ मा प्रस्तावित गरेको नक्साबाट आफूहरुको उठीबास हुने अवस्था आएको उनले बताएका छन्।

आयोजनाका लागि २०६९ सालदेखि किसानको जग्गा रोक्का गरेदेखि १० वर्षसम्म एउटै उपभोक्ता समितिले काम गर्नुलाई मेयरका प्रत्यासी त्वायनाले अनियमितता मानेको छ। संरक्षणको नाउँमा खुल्ला क्षेत्रसमेत अतिग्रहण गरेको त्वायनाले आरोप लगाएका थिए। उनीहरूको मुख्य निशाना मेयर सुनिल प्रजापति र उनको दल नेमकिपा रहेका छन्। नेकपा एमालेले पनि भक्तपुर नगरमा नेमकिपाले मनोमानी गरेको आरोप लगाउँदै आएको छ। 

प्रकाशित: May 05, 2022| 13:38 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...