बुधबार, असार ३१, २०८३

ब्राजिलियन फरवाडर जेससलाई सिटीको पाँच बर्षे नविकरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-म्यान्चेस्टर सिटीको इतिहाद स्टेडियममा १८ महिनामा आफुलाई सहि प्रमाणित गर्दै  ब्राजिलमा अन्तर्राष्ट्रिय फरवाडर गाब्रिएल जेससले आफ्नो भविष्य सुनुचित गरेका छन् । 

उनको १८ महिने प्रभावकारी प्रदर्शनका कारण म्यनसिटीले उनीसँग पाँच बर्षको सम्झौता लम्बाएको छ । उनी अब म्यानसिटीमा २०२३ सम्म रहने भएका छन् । 

यससँगै उनी प्रिमियर लिगका पाँच सिजन खेल्ने भएका छन् । उनी जनवरी २०१७ मा पाल्मेइरसबाट म्यानसिटी पुगेका थिए । उनले १८ महिना म्यानसिटीमा बिताउदै प्रिमियर लिगका दुई सिजनमा सहभागीता जनाउने मौका पाए । 

२०१६-१७ को सिजनमा प्रिमियर लिगका १० खेल मात्र खेलेका उनले २०१७-१८ को सिजनमा २९ खेल खेलेका थिए । उनले म्यानसिटीका सबैखाले प्रतियोगिताका ५३ खेलमा सहभागीता जनाउदै २४ गोल गरेका छन् ।

२१ बर्षीय जेससले क्लबको वेबसाईटमा लेखेका छन्, 'स्वागतको लागी प्रशंसक र समर्थकलाई धेरै धेरै धन्यावाद दिन चाहन्छु र क्लबले मलाई राम्रो अवसर दिएका छन् ।' उनले थपे, 'म यो भन्न सक्छुकी म्यानसिटी आउनका लागि मैले मेरो जिवनको सबै भन्दा राम्रो निर्णय गरेको थिए । किनकी जब म यहाँ हुन्छु आफुलाई एक व्यवसाहिक फुटबरलको रुपमा सुधार गर्ने मौका पाउने छु ।'

जेससले ब्राजिल राष्ट्रिय टिमबाट २२ खेल खेल्दै १० गोल गरेका छन् । रुस विश्वकप २०१८ मा उनले पाँच खेल खेल्दा भने जाली चुम्न भने सकेनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।