बुधबार, असार ३१, २०८३

लिटल डल्फिन टिम च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-लिटल डल्फिन स्विम क्लब प्रथम धन्वन्तरी कप पौडी च्याम्पियनसिप २०१८ को टिम च्याम्पियन बन्न सफल भएको छ। लिटल डल्फिनले ६४ अंकका साथ च्याम्पियन ट्रफी उचाल्न सफल भएको हो।

पहिलो पटक निजी क्षेत्रबाट अस्पताल होईन रंगशाला जाँउ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा दोश्रो भएको निसर्ग बाटिका स्कुलले ५९ अंक र तेश्रो भएको नेशनल स्पोर्टस् सेन्टरले २७ अंक प्राप्त गर्‍यो। 

हाँडीगाँउस्थित आयोजकको आफ्नै पौडी पोखरीमा भएको च्याम्पियनसिपमा २९ स्कुल र ६ क्लबका ११७ खेलाडीहरुले २५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। विजयी खेलाडीहरुलाई उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, ३ नं प्रदेशका सभासद माननिय नारायण सिलवाल लगायतले पुरस्कार वितरण गरे।

खेलकुदको विकासमा निजी क्षेत्रलाई पनि सहभागिता गराउँदै राष्टिय तथा अन्तराष्टिय खेलाडी उत्पादन गर्दै स्वस्थ नागरिक उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिताका आयोजना गरिएको धन्वन्तरी समाजका अध्यक्ष मदन कोईरालाले बताए। 

राष्टिय खेलाडीहरलाई धन्वन्तरी पौडी पोखरीमा निशुल्क पौडी खेल्ने बातारण बनाईएको समेत कोईरालाले जानकारी गराए। पौडी प्रतियोगिताका दौरान ओलम्पियन शिरिष गुरुडलाई प्रमुख अतिथी उप प्रधान तथा रक्षा मन्त्रीले सम्मान पत्र प्रदान गरेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।