बुधबार, असार ३१, २०८३

आर्सनलका डिफेन्डर सीडले प्रिमियर लिगका आठ खेल गुमाउने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-आर्सनलका डिफेन्डर सीड कोलासिनाकले प्रिमियर लिगका आठ खेल गुमाउने भएका छन् । उनी आफ्नो बाँया खुट्टामा लागेको चोटका कारण प्रिमियर लिगका आठ खेल गुमाउने भएका हुन् । 

उनी चोटका कारण १० हप्ता मैदान बाहिर बस्नु पर्ने भएको बताईएको छ । २५ बर्षीय सीडले बुधबार चेल्सीसँग भएको प्रि- सिजनको अन्तराष्ट्रिय च्याम्पियन्स कपका दौरान उनी घाइते भएका थिए । 

उनी चेल्सीका फुल-ब्याक डिफेन्डर भिक्टर मुसासँग ठोक्किदा चोट ग्रस्त भएका थिए । पुर्व स्कल्के खेलाडी सीड दुई युरोपियन लिग समूह खेल र तेस्रो राउण्डको काराबाओ कप समेत गुमाउने सम्भावना रहेको बताईएको छ । 

खुट्टाको चोटका कारण मैदान बाहिर रहेका वेल्स मिडफिल्डर आरोन रामसेलाई यसबीच प्रशिक्षणका लागि मैदानमा बोलाउन सक्ने सम्भावना रहेको छ । सीड २०१७ मा स्कल्केबाट आर्सनल आएका थिए । एक बर्ष आर्सनलमा बिताउदै प्रिमियर लिग खेलेका उनले प्रिमियर लिगका २७ खेल्दै दुई गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।