बिहीबार, भदौ ४, २०८३

काठमाडौं र ललितपुरमा भएका दुर्घटनामा दुईको मृत्यु

काठमाडौं र ललितपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- काठमाडौं र ललितपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-६ स्थित सडकमा प्रदेश नम्बर ३-०२-००७प६२५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तारकेश्वर नगरपालिका-७ फुटुङ्गका ७० वर्षीय रामचन्द्र खत्रीको मृत्यु भएको हो।

आज बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

यस्तै ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडास्थित माझखोलामा बा४९प ४९०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ कलंकी बस्ने ४८ वर्षीय नीरज खनालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल सवार ललितपुर महानगरपालिका–४ बागडोल बस्ने ४८ वर्षीय नीरज बलको सोही अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: Aug 07, 2021| 19:13 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।