बुधबार, चैत ४, २०८२

बिहान सबेरै उठ्ने बानीले स्वास्थ्यलाई फाइदै-फाइदा

बिहान सबेरै उठ्ने बानीलाई शारीरीक र मानसिक दुवै स्वास्थ्यका लागि धेरै फाइदाजनक मान्छन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- आयुर्वेददेखि चिकित्सा विज्ञानसम्म हरेक तहमा बिहान सबेरै उठ्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताइन्छ। बिहान सबेरै उठ्ने बानीलाई शारीरिक र मानसिक दुवै स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ।

National life

तर, अहिलेको अव्यवस्थित जीवनशैलीले मानिसको सुत्ने र उठ्ने समयलाई निकै असर गरेको छ। राति ढिलो सुत्ने र बिहान ढिलो उठ्ने बानी हाम्रो स्वास्थ्यका लागि हानिकारक मात्र होइन, यसले मानसिक स्वास्थ्यमा पनि धेरै नकारात्मक असर पार्न सक्छ।

आयुर्वेदको सिद्धान्त अनुसार बिहान घाम उदाउनुअघि नै उठ्नुपर्छ भने चिकित्सा विज्ञानले बिहान ६ बजेसम्म उठ्ने, हिँड्ने र व्यायाम गर्नाले दिनचर्या धेरै फाइदाजनक हुने बताएको छ। 

मानसिक स्वास्थ्यको लागि लाभदायक

चाँडै उठ्ने बानीले हाम्रो मानसिक स्वास्थ्यलाई कायम राख्न धेरै सहयोगी हुने अध्ययनले देखाएको छ। चाँडै उठ्नुको अर्को महत्त्वपूर्ण फाइदा भनेको यसलेे तनावको स्तर कम राख्छ। बिहान सबेरै उठ्ने मानिसहरुमा ढिलो उठ्नेहरुको तुलनामा तनाव, डिप्रेसन जस्ता समस्याहरूको जोखिम कम हुन्छ।

Laxmi sunrise bank
kumari

व्यायामको लागि समय

बिहान सबेरै उठ्ने बानीले योग-व्यायामको लागि समय निकाल्न मद्दत गर्छ। ढिलो उठ्नेहरुलाई व्यायाम गर्न अक्सर गाह्रो हुन्छ। व्यायाम नगर्ने बानीले तपाईको शारीरिक निष्क्रियता बढाउँछ जसका कारण धेरै रोगहरु लाग्ने खतरा रहन्छ। बिहान खुला हावामा व्यायाम गर्नाले शारीरिक र मानसिक दुवैलाई फाइदा हुन्छ।

निद्रामा सुधार

जो मानिस चाँडै उठ्छन् उनीहरूले चाँडै सुत्ने समय व्यवस्थापन गर्न सक्छन्। यसले दिनचर्यामा मात्र सुधार गर्दैन, तर यो राम्रो गुणस्तरको निद्रामा पनि सहयोगी मानिन्छ। शारीरिक र मानसिक दुवै स्वास्थ्य कायम राख्नको लागि राम्रो निद्रा आवश्यकक मानिन्छ।   

अमरउजालाबाट

प्रकाशित: May 03, 2022| 07:25 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्