बुधबार, चैत ८, २०७९

बिजुली चम्किँदा यसकारण प्रयोग गर्नु हुँदैन विद्युतीय सामग्री

बिजुली चम्किएको बेला विद्युतीय सामग्री प्रयोग गर्नु हुँदैन भन्ने आम मान्यता रहिआएको छ। यस्तो बेला बत्ती जाने–आउने पनि भएकाले विद्युतीय सामग्री बिग्रिने डर पनि हुन्छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– बिजुली चम्किएको बेला विद्युतीय सामग्री प्रयोग गर्नु हुँदैन भन्ने आम मान्यता रहिआएको छ। यस्तो बेला बत्ती जाने–आउने पनि भएकाले विद्युतीय सामग्री बिग्रिने डर पनि हुन्छ।

National life insurance

यसले गर्दा पनि बिजुली चम्केको वा पानी परेको बेला लाइनमा जोडिएका विद्युतीय उपकरण बिग्रिन्छन् भन्ने मान्यता छ।

यस्तो बेला तपाईंको फोन चार्ज अथवा कुनै प्रकारको विद्युत प्रवाह गर्ने माध्यममा जोडिएको छैन भने ढुक्कले प्रयोग गर्न सक्नुहुन्छ। चार्जमा जोडिएको छ भनेचाहिँ फोनको चार्जर बिग्रिन सक्छ।

चट्याङको डर त्यो बेला बढी हुन्छ, जब तपाईं त्यसको जोखिम बढी भएको ठाउँमा हुनुहुन्छ। त्यसैले बिजुली चम्किरहेको बेला जोखिम बढी हुने हुने ठाउँमा जान हुँदैन। यदि घरभन्दा बाहिर हुनुहुन्छ भने चट्याङ पर्ने सम्भावना धेरै हुन्छ।

चट्याङको जोखिम खुल्ला ठाउँमा, रूखबिरुवा बढी भएको ठाउँमा, धातुले बनेका पोल वा अन्य कुरा भएको ठाउँमा, ताल तलाउ भएको ठाउँमा वा डाँडामा बढी हुन्छ। 

worldlink

घरमा प्रयोग हुने ल्यान्डलाइनको फोनमा भने बढी जोखिम हुन्छ। ल्यान्डलाइन तारबाट घरसम्म आउने भएकाले त्यसमा बढी जोखिम भएको हो। लाइनको माध्यमबाट चल्ने अन्य उपकरणमा पनि चट्याङको जोखिम बढी हुन्छ। त्यसैले आकाशमा बिजुली चम्किरहेको बेला लाइनमा जोडिएका उपकरणको कनेक्सन छुटाउनु नै उपयुक्त हुन्छ।

चट्याङ परेको बेला बिजुलीको तारमा भोल्टेज बढी भएर उपकरणले धान्न नसक्दा उपकरण बिग्रिन सक्छन्। घरमा एमसीबी प्रयोग गर्नुभएको छ भने तारबाट बढी भोल्टेज आउँदा सर्किट ब्रेक गर्छ, जसले गर्दा तपाईंको उपकरणसम्म भोल्टेज बढी आउनबाट रोक्छ। फोनका सन्दर्भमा भने चार्जमा राखेको बेलाबाहेक अन्य अवस्थामा केही असर पर्दैन।

प्रकाशित: May 02, 2022| 05:32. 41 सोमबार, वैशाख १९, २०७९

थप समाचार

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...

जसले मानिसको जागिर खोसिदिन सक्छ र गुगललाई बर्बाद गरिदिन सक्छ

जिमेलका संस्थापक पलले पनि केही समयअघि च्याटजिपीटीले गुगललाई दुई वर्षमा बर्बाद गर्न सक्ने बताएका थिए।

जब भोलिपल्ट प्रदर्शन गर्नुपर्ने रोबोटमा धुवाँ पुतपुताउन थाल्यो

कामै नलाग्ने अवस्थामा पुगेको रोबोटलाई मर्मत गरेर चलाएपछि एसियाली देशका उत्कृष्ट विश्वविद्यालय सम्मिलित प्रतियोगिता‘एबीयू रोबोकोन’मा तेस्रो पुरस्कार हात पार्न सफल नेपाली रोबोट निर्माणमा खटिएका विद्यार्थीहरूको...

रोबोकोन स्पर्धामा नेपाली रोबोटलाई तेस्रो स्थान

तेस्रो चरणमा हङकङसँग हार बेहोरेपछि नेपालले तृतीय स्थान पाएको हो।

नेपाली रोबोटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाः पुलचोकमा लघोरी खेल्दै इलिया र भिक्ट्री

सन् २००१ बाट सुरु भएको प्रतियोगितामा नेपाल पहिलो संस्करणबाटै सहभागी बन्दै आइरहेको छ। यस दौरान नेपालले बेस्ट इन्जिनियरिङ अवार्डलगायत पनि पाइसकेको छ।