मंगलबार, चैत ३, २०८२

बिजुली चम्किँदा यसकारण प्रयोग गर्नु हुँदैन विद्युतीय सामग्री

बिजुली चम्किएको बेला विद्युतीय सामग्री प्रयोग गर्नु हुँदैन भन्ने आम मान्यता रहिआएको छ। यस्तो बेला बत्ती जाने–आउने पनि भएकाले विद्युतीय सामग्री बिग्रिने डर पनि हुन्छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– बिजुली चम्किएको बेला विद्युतीय सामग्री प्रयोग गर्नु हुँदैन भन्ने आम मान्यता रहिआएको छ। यस्तो बेला बत्ती जाने–आउने पनि भएकाले विद्युतीय सामग्री बिग्रिने डर पनि हुन्छ।

National life

यसले गर्दा पनि बिजुली चम्केको वा पानी परेको बेला लाइनमा जोडिएका विद्युतीय उपकरण बिग्रिन्छन् भन्ने मान्यता छ।

यस्तो बेला तपाईंको फोन चार्ज अथवा कुनै प्रकारको विद्युत प्रवाह गर्ने माध्यममा जोडिएको छैन भने ढुक्कले प्रयोग गर्न सक्नुहुन्छ। चार्जमा जोडिएको छ भनेचाहिँ फोनको चार्जर बिग्रिन सक्छ।

चट्याङको डर त्यो बेला बढी हुन्छ, जब तपाईं त्यसको जोखिम बढी भएको ठाउँमा हुनुहुन्छ। त्यसैले बिजुली चम्किरहेको बेला जोखिम बढी हुने हुने ठाउँमा जान हुँदैन। यदि घरभन्दा बाहिर हुनुहुन्छ भने चट्याङ पर्ने सम्भावना धेरै हुन्छ।

चट्याङको जोखिम खुल्ला ठाउँमा, रूखबिरुवा बढी भएको ठाउँमा, धातुले बनेका पोल वा अन्य कुरा भएको ठाउँमा, ताल तलाउ भएको ठाउँमा वा डाँडामा बढी हुन्छ। 

Laxmi sunrise bank
kumari

घरमा प्रयोग हुने ल्यान्डलाइनको फोनमा भने बढी जोखिम हुन्छ। ल्यान्डलाइन तारबाट घरसम्म आउने भएकाले त्यसमा बढी जोखिम भएको हो। लाइनको माध्यमबाट चल्ने अन्य उपकरणमा पनि चट्याङको जोखिम बढी हुन्छ। त्यसैले आकाशमा बिजुली चम्किरहेको बेला लाइनमा जोडिएका उपकरणको कनेक्सन छुटाउनु नै उपयुक्त हुन्छ।

चट्याङ परेको बेला बिजुलीको तारमा भोल्टेज बढी भएर उपकरणले धान्न नसक्दा उपकरण बिग्रिन सक्छन्। घरमा एमसीबी प्रयोग गर्नुभएको छ भने तारबाट बढी भोल्टेज आउँदा सर्किट ब्रेक गर्छ, जसले गर्दा तपाईंको उपकरणसम्म भोल्टेज बढी आउनबाट रोक्छ। फोनका सन्दर्भमा भने चार्जमा राखेको बेलाबाहेक अन्य अवस्थामा केही असर पर्दैन।

प्रकाशित: May 02, 2022| 17:32 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...