सोमबार, वैशाख २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • निवर्तमान गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट, पौडेलले दिए सिफारिस समितिबाट राजीनामा

निवर्तमान गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट, पौडेलले दिए सिफारिस समितिबाट राजीनामा

 |  आइतबार, वैशाख २८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०८२

vianetvianet

काठमाडौं- नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। 

triton college

अधिवक्ता नवीन धितालले निवर्तमान गभर्नर अधिकारी पदमा रहेकै बेला गठन भएको गभर्नर सिफारिस समितिमा बस्नु गैरकानूनी भएको भन्दै अदालतमा रिट दायर गरेका हुन्।

रिटको पेशी ३० वैशाख मंगलबारलाई तोकिएको छ। गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो। सिफारिस समितिको बैठक एक महिनासम्म पनि बस्न नसकेको भन्दै पूर्वगभर्नरको तर्फबाट सदस्य बनेका विजयनाथ भट्टराईले राजीनामा दिएका थिए।

भट्टराईको राजीनामापछि समितिमा तत्कालीन गभर्नर अधिकारीलाई ल्याइएको थियो। राष्ट्र बैंकबाट भर्खरै बाहिरिएका अधिकारी सिफारिस समितिमा बस्नु कानूनविपरीत भएको निवेदकको दाबी छ।

यसैबीच डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन्। उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन्।

National life insurance

नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरेपछि उनले समिति सदस्यबाट राजीनामा दिएका बताइएको छ। अर्थशास्त्री पौडेल राजीतिकर्मीभन्दा बढी प्राज्ञिक व्यक्ति हुन्। अहिले पनि काठमाडौं विश्वविद्यालयमा अध्यापन गरिरहेका छन्।

पौडेल योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। उनी गत आम निर्वाचनमा चितवनबाट कांग्रेसका उम्मेदवार पनि बनेका थिए। उनी रास्वपाका हरि ढकालसँग पराजित भए। 

प्रकाशित: May 11, 2025| 19:41 आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्