बुधबार, मंसिर १०, २०८२

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं- यदि तपाईं प्रयोगकर्ता हो भने ट्विटरमा केही परिवर्तन देख्नुभएको होला। ट्विटरको लोगोमा निलो चरा हुने ठाउँमा डजक्वाइन अर्थात् कुकुरको लोगो देखिएको छ। 

National life

ट्विटर इंकको लोगो फेरिएको अनुमान गरिएको छ। अब प्रयोगकर्ताहरूले ट्विटर लगइन गर्दा निलो चरोको सट्टा कुकुर देख्न थालेका छन्।

ट्विटरले सोमबार आफ्नो लोगो परिवर्तन गरेको हो। ट्विटरको लोगोमा निलो चरा थियो। तर अहिले यसको ठाउँमा कुकुर छ। ट्विटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले सोमबार एक मिम ट्विट गर्दै लोगो परिवर्तन गरेको बारे जानकारी दिएका छन्। 

कम्पनीले आधिकारिक रुपमा नै कम्पनीको लोगो परिवर्तन गरेको हो वा डजक्वाइनको प्रचार गर्न यस्तो गरिएको हो भन्ने विषयमा केही जानकारी बाहिर आइसकेको छैन। यद्यपि सीईओ मस्कले भने एकजना व्यक्तिसँगको पुरानो कुराकानीको स्क्रिनसट सेयर गरेका छन्।

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ। डजक्वाइनको लोगो भने ट्विटरको वेबसाइटमा मात्र देखिन्छ। यसले गर्दा यो लोगो अस्थायी रुपमा मात्र राखिएको बुझ्न सकिन्छ।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 04, 2023| 12:39 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...