काठमाडौं- चेल्सीका विङ्गर पेद्रोले क्लबसँगको सम्झौता अर्को एक वर्ष थपेका छन्। बार्सिलोनाबाट सन् २०१५ मा स्टामफोर्ड ब्रिज पुगेका पेद्रो नयाँ सम्झौता अनुसार २०२० मा सोही क्लबमा रहने भएका छन्।
‘यो मेरो लागि निकै महत्वपूर्ण छ। टोलीका अन्य साथीहरु, क्लबका समर्थक, क्लब परिवार सबैका कारण निकै खुसी छु’ ३१ वर्षे पेद्रोले भने,‘चेल्सीमा निरन्तरता दिन पाउनु मेरो लागि अर्थपूर्ण छ। मेरो लागि यहाँ सहज छ। म यहाँ थप उपाधि जित्न चाहन्छु। टोलीलाई साथ दिन, गोल गर्न चाहन्छु । साच्चै म निकै खुसी छु ।’ अहिले सम्म चेल्सीका लागि १ सय ३१ खेल खेल्दै उनले २८ गोल गरिसकेका छन्।
‘पेद्रोसँगको सहकार्य थप एक वर्ष लम्बिएको छ। यसमा हामी खुसी छौं,’ क्लबका निर्देशक मानिरा ग्रानोभ्सकायाले भने, ‘क्लबमा आबद्ध भएयता उनले आफ्नो क्षमता मैदानमा प्रदर्शन गर्दै आएका छन्। माउरिजियो सारीको प्रशिक्षणमा पनि उनले त्यस्तै प्रदर्शन गर्ने अपेक्षा राखेका छौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४