सोमबार, वैशाख २४, २०८१

नेपालगञ्‍जमा त्रिपक्षीय प्रतिस्पर्धा, राप्रपाले जोगाउला त साख?

राप्रपाबाट नेपालगञ्जको मेयरमा नन्दलाल वैश्यले उम्मेदवारी दिएका छन्। ऊ त्यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको हो। २०७४ को निर्वाचन जित्नु नै यो पटकको पनि जितको आधार भएको राप्रपाको दाबी छ।
 |  सोमबार, वैशाख १९, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– २०७४ सालको स्थानीय तहको निर्वाचनमा ठूला दललाई चक्मा दिँदै राप्रपाले मेयर जितेको नेपालगञ्ज उपमहानगरपालिकामा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। ३२ वटा वडा रहेको उपमहानगरमा मेयर र उपमेयरमा सत्तारुढ पाँच दलिय गठबन्धनबीच तालमेल हुँदा एमाले र राप्रपा एक्ला–एक्लै चुनावी मैदानमा उत्रिएका छन्। अघिल्लो पटक नेपालगञ्जको मेयरमा राप्रपाका धवलशमशेर राणा निर्वाचित भएका थिए। उपमेयरमा भने कांग्रेस विजयी भएको थियो। 

triton college

अघिल्लो निर्वाचनमा दोस्रो भएको कांग्रेसले यसपटक तीनपटक नगर सभापति भइसकेका प्रशान्त विष्टलाई अघि सारेको छ। विष्टलाई सत्ता गठबन्धन दलको समर्थन छ। उपप्रमुख पदमा गठबन्धनको तर्फबाट जनता समाजवादीका कमरुद्दिन राई उम्मेदवार छन्। 

त्यसो त नेकपा माओवादीबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी नन्दलाल वैश्य आकांक्षी थिए। तर, उनले टिकट पाउने सम्भावना नरहेपछि राप्रपामा प्रवेश गरेका थिए। गठबन्धनबाट कांग्रेसले मेयर र जसपाले उपमेयर पाउने टुंगो लागेपछि राप्रपा प्रवेश गरेका वैश्य राप्रपाको तर्फबाट उम्मेदवार छन्। 

नेकपा एमालेका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका प्रमुखका लागि पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकाल चुनावी मैदानमा छन्। उनीहरु दुवै एमालेका केन्द्रीय सदस्य हुन्। मिश्र पनि गत मंसिरमा मात्रै एमालेमा प्रवेश गरेका हुन्। उपमहानगरमा नेपाली कांग्रेस, नेकपा एमालेले आ–आफ्नो पकड बलियो रहेको दाबी गर्दै आएका छन्। यद्यपि अघिल्लो निर्वाचनको तथ्यांक केलाउने हो भने नेपालगञ्जमा कांग्रेस दोस्रो र एमाले चौथो शक्ति रहेको देखिन्छ। 

अघिल्लो निर्वाचनमा दोस्रो भएको कांग्रेसले यसपटक तीनपटक नगर सभापति भइसकेका प्रशान्त विष्टलाई अघि सारेको छ। विष्टलाई सत्ता गठबन्धन दलको समर्थन छ। उपप्रमुख पदमा गठबन्धनको तर्फबाट जनता समाजवादीका कमरुद्दिन राई उम्मेदवार छन्। 

गठबन्धनको तर्फबाट मेयरका साझा उम्मेदवार विष्ट कांग्रेसका नगर सभापति समेत हुन्। युवा नेता विष्ट विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन्। उनी तीन पटकसम्म लोकप्रिय मतका साथ कांग्रेस नेपालगञ्ज नगर सभापतिमा निर्वाचित भइसकेका हुन्। त्यसकारण पनि विष्टलाई मेयरको सबैभन्दा बलियो उम्मेदवारका रुपमा हेरिएको छ। यसअघिको चुनावमा उपमेयर जितेको कांग्रेसले यसपटक मेयरमा जित निकाल्ने दाबी गर्दै आएको छ। विष्ट स्वयं पनि आफ्नो जित सुनिश्चित भएको बताउँछन्। 

corrent noodles
Metro Mart

‘गठबन्धनको नेतृत्व हुनु नै जितको बलियो आधार हो। गठबन्धनप्रति जनताको विश्वास जाग्दै गएको छ। विगतमा उपमहानगरले कतिपय सामाजिक विषयका मुद्दाहरुलाई सम्बोधन गर्न सकेन, आधारभूत आवश्यकतामाथि पनि गएको नेतृत्वले ध्यान दिन नसक्नुले जनता रुष्ट छन्,’ उनले भने, ‘हामीले अघिल्लो कार्यकालका कमजोरी र आगामी योजनालाई एजेण्डाका रुपमा अघि सारेका छौं। त्यसैले पनि जनताको साथ हामीलाई छ।’

गठबन्धन बाहिर रहेर सोच्ने हो भने नेपालगञ्जको राजनीतिमा आफ्नो योगदानको मूल्यांकन जनताले गर्ने उनको तर्क छ। ‘गठबन्धन भन्दा बाहिर रहेर हेर्ने हो भने पनि विद्यार्थी आन्दोलनदेखिकै नेपालगञ्जको राजनीतिमा मेरो सक्रिय भूमिका छ,’ उनी भन्छन्, ‘नेपालगञ्ज उपमहानगरपालिकामा पनि दलको प्रतिनिधिको हैसियतले लामो समय काम गरेको अनुभवका आधारमा जनताले मलाई विश्वास गर्नेमा ढुक्क छु।’ गठबन्धन दल बाहेकका उम्मेदवारको आफ्नो जति लामो राजनीतिक पृष्ठभूमि नभएकाले पनि गठबन्धनले जित्ने बलियो आधार भएको विष्टको दाबी छ। 

त्यस्तै, राप्रपाबाट नेपालगञ्जको मेयरमा उम्मेदवारी दिएका नन्दलाल वैश्य पनि आफ्नो जित सुनिश्चित भएको बताउँछन्। राप्रपा नेपालगञ्ज उपमहानगरमा एक्लै चुनावी मैदानमा उत्रिएको छ। २०७४ को निर्वाचन जित्नु नै यो पटकको पनि जितको आधार भएको राप्रपाको दाबी छ। 

माओवादीको तर्फबाट मेयर पदका तयारी गरेका वैश्यलाई पार्टीले टिकट नदिएपछि राप्रपाले सहजै मेयरको टिकट दिएको थियो। राप्रपा प्रवेश गर्नुअघि उनी माओवादीको नेपालगन्ज उपमहानगरपालिकाको नगर कमिटिको सहसचिवको जिम्मेवारीमा थिए। उनले गठबन्धनको नाममा माओवादी केन्द्रले धेरै अवसर गुमाएको बताए। माओवादी केन्द्रले कार्यकर्ताको भावनाविपरीत काम गरेको भन्दै आफूले राप्रपा रोजेको उनको भनाइ छ। त्यसो त आफूलाई माओवादी कार्यकर्ताको पनि साथ रहेको उनी बताउँछन्। ‘अब राप्रपाबाट नेपालगञ्जको विकास गर्न चाहन्छु। स्थानीय तहमा पुगेपछि कसरी नेपालगञ्जको विकास निर्माण गर्न सकिन्छ त्यसको सही मार्गचित्र मसँग छ। मैले नेपालगञ्जका लागि देखेको सपना पूरा गर्न चाहन्छु,’ उनले भने। 

राप्रपाबाट नेपालगञ्जको मेयरमा उम्मेदवारी दिएका नन्दलाल वैश्य पनि आफ्नो जित सुनिश्चित भएको बताउँछन्। राप्रपा नेपालगञ्ज उपमहानगरमा एक्लै चुनावी मैदानमा उत्रिएको छ। २०७४ को निर्वाचन जित्नु नै यो पटकको पनि जितको आधार भएको राप्रपाको दाबी छ। 

नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका वैश्य सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय छन्। वैश्यले आफू समाजको सबै तप्कासँग जोडिएकाले उपमहानगरका हरेक साना–ठूला व्यवसायीदेखि लिएर अन्य नागरिकको समर्थन र सहयोग मिलेकाले चुनाव जित्ने दाबी गरिरहेका छन्। राप्रपाबाट उपमेयरमा विन्दु घर्तीमगर उठेकी छन्।

पाँचदलिय गठबन्धन र राप्रपा विरुद्ध एमालेले मेयर उठाएका पशुपति दयाल मिश्र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह छाडेर एमालेमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्नेबित्तिकै उनलाई एमालेले केन्द्रीय सदस्य बनाएको थियो। त्यसो त उनी २०७४ बाट नै एमाले निकट देखिएका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि पशुपतिले सूर्य चुनाव चिन्ह लिएर बाँके–२ बाट चुनाव लडेका थिए। तर, राजपाका इस्तियाक राईसँग पराजित भएका थिए। मधेस केन्द्रित राजनीतिक पृष्ठभूमिबाट आएका पशुपति व्यक्तिगत रुपमा नेपालगञ्जमा लोकप्रिय मानिन्छन्। उनी भन्छन्, ‘यसपटकको निर्वाचनमा मुख्य प्रतिष्पर्धा भनेको कांग्रेस–एमालेबीच हुने देखिन्छ।’ 

एकातिर राप्रपा विभाजन र अर्कोतिर मेयर धवलशमशेर राणाले उम्मेदवारी नदिएका कारण अन्य दलले जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन्। नेपालगञ्ज उपमहानगरमा मुख्य रुपमा सत्ता गठबन्धन, एमाले र राप्रपाका बीचमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। 

राप्रपालाई साख जोगाउने चुनौती

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख पद जितेको राप्रपा यसपटक साख जोगाउने ध्याउन्नमा छ। तर, राप्रपाको साख जोगाउने अभियानमा सत्तारुढ गठबन्धन र एमाले बाधक बन्ने देखिएको छ। अघिल्लो निर्वाचनमा नेपालगञ्ज उपमहानगर प्रमुखमा राप्रपाका धवलशमशेर राणा विजयी भएका थिए। अहिले राप्रपा विभाजित अवस्थामा छ। राप्रपा महामन्त्रीमा निर्वाचित भएका राणा अहिले चुनावी मैदानमा छैनन्। पाँच दल गठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन् र एमाले चुनौतिका रुपमा उभिएको छ। यस्तो अवस्थामा राप्रपाको साख जोगाउने अभियानमा प्रश्न उब्जिएको छ। 

अघिल्लो पटक राणाले १२ हजार ५१५ मत प्राप्त गरेर मेयरमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. सुरेश कनोडियाले ८ हजार ७३० मत प्राप्त गरेका थिए। नेकपा माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८, एमालेका सम्सुद्दिन सिद्दिकीले ६ हजार ९६५ मत प्राप्त गरेका थिए। 

त्यसो त अघिल्लो निर्वाचनमा कांग्रेसले उपमेयर सहित ८ वडामा जित हासिल गरेको थियो। एमालेले ६, माओवादीले चार र राप्रपाले पाँच वडा जितेका थिए। २३ वटा वडा रहेको उपमहानगरमा तत्कालीन समयमा ६२ हजार ३९६ मतदाता थिए। अहिले कुल मतदाताको संख्या ८१ हजार ७९४ छ। उपमहानगरको मेयर र उपमेयरमा सत्तारुढ गठबन्धनले तालमेल गरे पनि २३ वटै वडाहरुमा भने सबै दलहरुले एक्ला–एक्लै उम्मेदवारी दिएका छन्। 

प्रकाशित: May 02, 2022| 14:44 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...