बुधबार, चैत ४, २०८२

भारतमा एकैदिन ३१५७ कोरोना संक्रमित थपिए, थप २६ को मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ५ सय पुगेको छ। 

National life

भारतमा पछिल्लो समय कोरोना तीव्र बन्दै गइरहेको छ। पाँच राज्यमा कोरोना महामारी थप तीव्र बनिरहेको हो।

पछिल्लो २४ घन्टामा दिल्‍लीमा सबैभन्दा धेरै १४ सय ८५ संक्रमित भेटिएका छन्। हरियाणामा ४७९, केरलामा ३१४, उत्तर प्रदेशमा २६८ र महाराष्ट्रमा १६९ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले  जनाएको छ।

पछिल्लो २४  घन्टामा कोरोनाबाट २६ जनाले ज्यान गुमाएका छन्। योसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ८६९ पुगेको छ। सोमबार ४०८ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित: May 02, 2022| 12:16 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्