शनिबार, पुस १३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कुनै बेलाका 'टुरिस्ट गाइड' जो ८४ को उमेरमा काठमाडौं महानगरको मेयर उठेका छन्

Siddartha premir insuranceSiddartha premir insurance

कुनै बेलाका 'टुरिस्ट गाइड' जो ८४ को उमेरमा काठमाडौं महानगरको मेयर उठेका छन्

सुन्नमा अलिक समस्या छ। कानमा एयरफोन घुसाएका छन्। आवाज तगडै छ। भन्छन्, ‘निर्वाचनको प्रचारप्रसारमा म विश्वास गर्दिन। आइ एम नट गोइङ टु स्पेन्ड एनिथिङ। आइ ह्याभ जेरो बजेट फर द्याट। मैले जित्छु वा जित्नैपर्छ भन्ने पनि हैन। तर भिजन नभएका उम्मेदवारहरु उठिरहँदा म किन नउठ्ने भनेर उठेको हुँ।’
 |  आइतबार, वैशाख १८, २०७९
nespernesper

सृजना राई

सृजना राई

आइतबार, वैशाख १८, २०७९

ntc landingntc landing

काठमाडौं– ‘म ८४ वर्षको बूढोले उम्मेदवारी किन दिएँ भनेर सोध्नुहोला! किनभने ‘आइ ह्याभ अ भिजन’। मसँग अरु उम्मेदवारहरु भन्दा राम्रो भिजन छ। ’

himalayan bank box

संवादको सुरुमा प्रश्नअघि नै जवाफ आयो। काठमाडौं महानगरपालिकाको मेयरका लागि ५६ जनाले उम्मेदवारी दिएका थिए। त्यसमा उमेरका आधारमा सबैभन्दा ज्येष्ठ उम्मेदवार हुन् स्वतन्त्रतर्फका रमाकान्त मानन्धर। अहिले ‘रिटायर्ड लाइफ’ बिताइरहेका ८४ वर्षीया मानन्धर कुनै बेला टुरिस्ट गाइड थिए।

आवाज सुन्नमा अलिक समस्या छ। कानमा एयरफोन घुसाएका छन्। आवाज तगडै छ। भन्छन्, ‘निर्वाचनको प्रचारप्रसारमा म विश्वास गर्दिन। आइ एम नट गोइङ टु स्पेन्ड एनिथिङ। आइ ह्याभ जेरो बजेट फर द्याट। मैले जित्छु वा जित्नैपर्छ भन्ने पनि हैन। तर भिजन नभएका उम्मेदवारहरु उठिरहँदा म किन नउठ्ने भनेर उठेको हुँ।’

बीचबीचमा अंग्रेजी घुसाउँदै बोल्छन् उनी। र, अरु उम्मेदवारजस्तो निर्वाचनका लागि खर्च गर्ने पैसा पनि छैन उनीसँग। मानन्धरका कति पुस्तादेखि उनीहरु काठमाडौंमा छन्, थाहा छैन उनैलाई। तर उनले थाहा पाएसम्म उनका बाउबाजे यहीँ जन्मे–हुर्केका हुन्। त्यसैले २००७ सालदेखि निरन्तर बागमती प्रदूषित भएको देखेका छन् उनले। र, उनको सपना हो– यसलाई सफा बनाउने।  

‘भीम शमशेरले काठमाडौं महानगरलाई सफाइ अड्डाका रुपमा सुरु गरेका थिए तर अहिले काठमाडौंबासी यसमा चुकिरहेका छन्,’ मानन्धरले आफ्नो एजेण्डा सुनाउन सुरु गरे, ‘म चाहन्छु, काठमाडौंमा कसैले पनि पानी कुरेर बस्न नपरोस्। पानीको वितरणलाई सहज बनाउने मेरो मुख्य एजेण्डा हो। आधुनिक प्रविधिको प्रयोगबाट फोहोरको व्यवस्थापन गर्दै सहर स्वच्छ बनाउने नै हो।’

vianet
सुन्नमा अलिक समस्या छ। कानमा एयरफोन घुसाएका छन्। आवाज तगडै छ। भन्छन्, ‘निर्वाचनको प्रचारप्रसारमा म विश्वास गर्दिन। आइ एम नट गोइङ टु स्पेन्ड एनिथिङ। आइ ह्याभ जेरो बजेट फर द्याट। मैले जित्छु वा जित्नैपर्छ भन्ने पनि हैन। तर भिजन नभएका उम्मेदवारहरु उठिरहँदा म किन नउठ्ने भनेर उठेको हुँ।’

काठमाडौं महानगरको मेयरका लागि मानन्धरको यो पहिलो उम्मेदवारी हैन। यसअघि दुई पटक उनले उम्मेदवारी दिएका थिए। तर, दुवै पटक हारे। मानन्धरले पहिलो पटक राजा वीरेन्द्रका पालामा २०३७ सालमा मेयरका लागि उम्मेदवारी दिएका थिए। पहिलो उम्मेदवारीको अनुभव सुुनाउँदै उनी भन्छन्, ‘२०१५ सालसम्म कांग्रेसका गणेशमानले जितेका थिए। ०३७ सालको चुनावमा गणेशमानले भाग लिएनन्। तर कांग्रेसबाटै चोइटिएको परशुनारायण चौधरीको पार्टीले भाग लिएको थियो। त्यतिबेला २०१८ सालको जुलुसमा जेल परेका कांग्रेसका कमल चित्रकार विजयी भए। उहासँग भिजन थिएन। त्यसैले काठमाडौंको विकासका लागि केहि गर्नु भएन।’

पुराना उम्मेदवारीका कुरा सुनाउँदै गर्दा उनको ओठबाट हाँसो उम्कियो। ‘२०४२ सालको निर्वाचनमा मैले दोस्रो पटक उम्मेदवारी दिएँ। गणेशमान सिंहले फेरि हरिबोल भट्टराई भन्नेलाई उम्मेदवार उठाए। तर गणेशमान सिंहको हस्ताक्षर सहित सहरी विकासका योजना लेखिएका पम्पलेटहरु बाँडिए। ती योजना हरिबोलको थिएन। मलाई अझै याद छ, वसन्तपुरको सभामा गणेशमानले भाषण दिए र भट्टराईलाई जिताउन आग्रह गरेका। अन्ततः उनैले जिते।’ उनले थपे, ‘हरिबोल भट्टराई केही महिनामा पञ्चायतबाट निकालिए र शारदा भट्टराईलाई मेयरमा राखियो।’

काठमाडौं महानगरको मेयरमा केशव स्थापित, सिर्जना सिंह र बालेन शाहहरुको चर्चाअघि यी सबैभन्दा ज्येष्ठ उम्मेदवारको उम्मेदवारी छायामा छ। तर, यसमा उनलाई कुनै पीर छैन। महानगर इतिहासको राम्रै लेखाजोखा रहेछ उनीसँग। भन्दै थिए, ‘अहिलेसम्म कुनै राजनीतिक पार्टीमा आबद्ध भएको छैन। राजनीतिक पार्टीमा संलग्न हुने इच्छा नभएको हैन तर कुनै पनि नेतृत्वको भिजन र पार्टीको एजेण्डाले आकर्षित गर्न सकेन मलाई।’ 

‘२००७ सालमा इनकलाब जिन्दावाद भन्ने नारा ल्याए। तर यहाँका कोही सर्वसाधारणले यी दुई शब्द बुझेकै थिएनन्। भारतबाट नेताहरुले सिकेर आएका यी शब्द यहाँका रैथाने नेवारहरुले क्याच गर्न सकेनन्,’ उनले थप प्रष्ट पार्दै भने। केहीबेरको गम्भिर मुद्रापछि फेरि उनको अनुहार उज्यालो देखियो। त्यतिबेला जिीदावादको अर्थ कसैले बुझेन रे। महर्जनका अनुुसार त्यत्तिकैमा एक जना नेवार समुदायका व्यक्तिले नै जुक्ति निकाल्दै अर्थ्याइदिए, ‘झिन्नभा भनेको एक मोहोरको चामल दश माना पाउने हो।’ त्यसपछि सबैले त्यही बुझे अनि ताली पिटे। 

काठमाडौं महानगरको मेयरमा केशव स्थापित, सिर्जना सिंह र बालेन शाहहरुको चर्चाअघि यी सबैभन्दा ज्येष्ठ उम्मेदवारको उम्मेदवारी छायामा छ। तर, यसमा उनलाई कुनै पीर छैन।

२०१५ सालमा काठमाडौंमा भएको निर्वाचनमा वीपी कोइराला विजयी भएका थिए। त्योबेला २० वर्षिय मर्हजन एक अमेरिकी विश्वविद्यालयको पब्लिक हेल्थ इन्भारमेन्टल स्यानिटेसनको विद्यार्थी थिए। त्यसबेला भोट हाल्न नपाएकोमा दुःखी भए उनी। तर, त्योभन्दा बढी दुःख त्यसबेला भयो जब नेपाल फर्किएर आफूले अध्ययन गरेर आएको विषयमा काम गर्न सक्ने माहोल भएन। ‘मेरो अध्ययन रोग लागेपछिको उपचार भन्दा रोग लाग्नै नदिने थियो। तर, उल्टै मलाई पाकिस्तानको मिसन भन्दै आरोप लगाए। मैले ५ वर्षभन्दा धेरै समय सरकारी जागिर गर्न सकिनँ। मनले मानेन। त्यसैले छाडिदिएँ।’

२०१२ सालमा एसएलसी दिएका उनले साइन्स विषय पढेका थिए। अमेरिकी एडमार्फत एक वर्ष अध्ययनका लागि गएका उनले फर्केर ५ वर्षपछि जागिर छोडेर ‘टुरिस्ट गाइड’ पेशा अंगाले। त्यसपछि उनले इतिहास विषयमा स्नातकोत्तर गरे। 

‘मेरा बाजेचाहिँ गाउँ–गाउँबाट घिउ ल्याउने र बेच्ने व्यवसायमा हुनुहुन्थ्यो। बुबाले त्यसैलाई निरन्तरता दिनुभयो। तर, मैलेचाहिँ व्यवसायभन्दा बढी आफ्नो जीवन टुरिस्ट गाइडका रुपमा बिताएँ,’ उनी खुशी सुनिए। 

पर्यटन व्यवसायमा २५ वर्ष काम गरेका मानन्धरले देशविदेश प्रशस्त घुमेका छन्। तर उनको मन जन्मथलोमै टिकिरहेको छ। पर्यटन व्यवसायलाई आफ्नो रोजीरोटी बनाएका उनी यस क्षेत्रका उतारचढावका साक्षी हुन्। 

सन् १९६०–१९७० को दशकतिर भित्रिएको हिप्पी कल्चरबारे उनको स्मृति अझै ताजा छ। भन्छन्, ‘द्वन्द्व मन नपराउने हिप्पी कल्चरले काठमाडौंका गल्लीहरु भरिएका अहिलेझैँ लाग्छ। उनीहरु परम्परागत संस्कृति र चलनका विरोधी थिए। तर आफ्नो संस्कृति बनाउन चुकेका उनीहरु मनपरी गर्थे। उनीहरुको सम्पर्कमा आएका नेपाली युवासमेत लागु औषधको लतमा फस्न थाले। काठमाडौं र वरपरका जिल्लामा हस्तकलाका व्यापार पनि यहि बेलादेखि फस्टाउन थालेको हो।’ 

२०१२ सालमा एसएलसी दिएका उनले साइन्स विषय पढेका थिए। अमेरिकी एडमार्फत एक वर्ष अध्ययनका लागि गएका उनले फर्केर ५ वर्षपछि जागिर छोडेर ‘टुरिस्ट गाइड’ पेशा अंगाले। त्यसपछि उनले इतिहास विषयमा स्नातकोत्तर गरे। 

पर्यटन व्यवसायमा आफ्नो अनुभव सुनाउने क्रममा उनी भनिरहेका थिए, ‘पर्यटक लिएर गाउँसहर डुल्ने क्रममा बच्चादेखि वृद्धवृद्धासम्मले पर्यटकसँग पैसा माग्ने हाम्रो संस्कार बसेको छ। अरुलाई माग्न लजाउनेले विदेशी पर्यटकसँग माग्न पछि पर्दैनन्। यो समस्या गाउँघरका सोझा मान्छेमा मात्र होइन, सरकारमा पनि छ।’

केहीबेरको पर्यटन गफपछि फेरि राजनीतितिर मोडिए उनी। कुराकानीको अन्त्यमा चिन्तित हुँदै भन्दै थिए, ‘राजा महेन्द्रले भाषणमै धनी देशले गरिब देशलाई सहयोग गरिदेऊ भन्न थालेपछि यो त संस्कारकै रुपमा सुरु भयो। हामी सबै कामका लागि अरुमा निर्भर हुन थाल्यौँ। हामी सबैमा सानो देश गरिब देश भन्ने मानसिकता बढेर आयो। अहिले त झन् सत्ताको माथिल्लो तहबाटै हामी निरिह छौं भन्ने चलनले हाम्रो मानसिकता नै कमजोर बनाउने काम बढी भएको छ।’ 

प्रकाशित: May 01, 2022| 16:58 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...