बिहीबार, चैत १२, २०८२

दिपेन्द्रको विकेटमा नेदरल्यान्ड्सलार्इ छैठौं झट्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपालले नेदरल्यान्ड्सलाई छैठौं झट्का दिएको छ। खेलको ३६ औं ओभरमा दिपेन्द्र सिंह ऐरीले छैटौं विकेटको रुपमा नेदरल्यान्ड्सका सर्वाधिक स्कोरकर्चा वेस्ले बारेसीलार्इ आउट गरेका हुन्। वेस्लेले नेदरल्यान्डका लागि ७६ रनको योगदान गरेका छन्। 

तेस्रो र चौथो सफलताका लागि सन्दिप लामिछानेले एकै ओभरमा दुर्इ विकेट लिएका छन्। त्यसको लगत्तै बसन्त रेग्मीले पाँचौं विकेट खसाल्दै माइकल रिप्पोनलार्इ मैदान बाहिर पठाएका छन्। यस खेलमा बसन्तको यो पहिलो विकेट हो।

उनले टिमको २९ औं ओभरमा दुई विकेट लिंदै नेदरल्यान्डलार्इ झट्का दिएका हुन्। डानिएल ब्राकलाई र उनको स्थानमा मैदानमा आएका बास द लिडेलाई आउट गरेका थिए।  नेपाली लेग ब्रेक स्पिनर लामिछानीले आठ ओभरमा २५ रन खर्चेर दुर्इ विकेट लिंदै मैदानमा चम्किएका छन्। 

नेपाललाई दोस्रो सफलता ललित भण्डारीले दिलाएका थिए। उनले टिमको आठौं ओभरमा नेदरल्यान्ड्सका ब्याट्सम्यान बेन कुपरलाई आउट गरेका हुन। 

यसअघि सोमपाल कामीले पहिलो ओभरमा ओपनर ब्याट्सम्यान स्टेफन माइबर्गलाई बोल्ड गरेका थिए। यतिखेर नेदरल्यान्ड्स नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याउदै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।