काठमाडौं- राप्रपा नेपालले आफ्नै उम्मेदवार भएको पालिकामा 'तीर' र एमालेसँग सहकार्य भएको पालिकामा सूर्य चिह्नमा मतदान गर्न आह्वान गरेको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक विज्ञप्ति जारी गर्दनै आफ्नै उम्मेदवार भएको पालिकामा 'तीर' र एमालेसँग सहकार्य भएको पालिकामा सूर्य चिह्नमा मतदान गर्न आह्वान गरेका हुन्।
राप्रपा नेपालले गत चैत ३० गते नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनका लागि तालमेलको सहमति गरेको थियो। उसले आफ्ना उम्मेदवारहरू पनि सूर्य चिह्नमा उठाउने सहमति गरेको थियो।
'राप्रपा नेपालका सदस्यहरू, शुभचिन्तक तथा मतदाताहरूलाई राप्रपा नेपालका आफ्ना उम्मेद्वार भएका गाउँ तथा नगरपालिकाहरूमा पार्टीको चुनाव चिह्न 'तीर' मा मतदान गर्नुहुन र नेकपा एमालेसँग चुनावी सहमति भएका ठाउँहरूमा 'सूर्य' चिह्नमा मतदान गर्नुहुन राप्रपा नेपाल आह्वान गर्दछ', विज्ञप्तिमा भनिएको छ।