शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • जनप्रतिनिधि बन्न अचम्मको मोह : दोहोरिएका अनुहारदेखि श्रीमान्-श्रीमतीसम्म

जनप्रतिनिधि बन्न अचम्मको मोह : दोहोरिएका अनुहारदेखि श्रीमान्-श्रीमतीसम्म

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लुम्बिनीमा पुरानो अनुहारले वर्चश्व कायम गरेको छ। पहिलो कार्यकाल पूरा गरेर पनि पुनः दोहोरिने उम्मेदवार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा देखिएका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

विनोद परियार

विनोद परियार

आइतबार, वैशाख १८, २०७९

बुटवल– स्थानीय तहको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको निर्वाचनले देश तातेको छ। राजनीतिक दल र उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्। घर नजिकको ‘सिंहदरबार’ मानिएको स्थानीय तहको नेतृत्वमा पुग्न अचम्मको आकर्षण देखिएको छ। 

triton college

गाउँबाट सहर झरेकाहरु फेरि फर्किन थालेका छन्। त्यतिमात्रै होइन, धेरैजसो जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन्। लुम्बिनी प्रदेशमा त निर्वाचित जनप्रतिनिधि मात्रै होइन, हारेका उम्मेदवार समेत दोहोरिएका छन्। उम्मेदवार बन्न नेताको चाकडी गर्नेदेखि नेताहरुको परिवारकै सदस्यहरुले टिकट पाएका छन्। 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लुम्बिनीमा पुरानो अनुहारले वर्चश्व कायम गरेको छ। पहिलो कार्यकाल पूरा गरेर पनि पुनः दोहोरिने उम्मेदवार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा देखिएका छन्। यसरी उम्मेदवार दोहोर्याउनेमा नेकपा एमाले अगाडि देखिएको छ। नेकपा एमालेले दाङको घोराही उपमहानगरपालिकामा नरूलाल चौधरीलाई पुनः मेयरमा दोहोर्याएको छ। २०७४ सालको निर्वाचनमा चौधरी  निर्वाचित भएका थिए।  

रुपन्देहीका १६ पालिकामध्ये १२ वटा पालिकामा प्रमुख–उपप्रमुख सहित १९ जना जनप्रतिनिधि दोहोरिएका छन्। यसमध्ये धेरैजसो उम्मेदवारलाई एमालेले दोहोर्याएको छ। ८ स्थानीय तहका मेयर–उपमेयर तथा अध्यक्ष–उपाध्यक्ष दुवै जना उम्मेदवार बनेका छन्। नेकपा एमालेले सैनामैना नगरप्रमुख र उपप्रमुखमा पुरानै टिमलाई उम्मेदवार बनाएको छ। मेयरमा चित्रबहादुर कार्की र र उपमेयरमा बिना रानालाई उम्मेदवार बनाएको हो। एमालेले वडाअध्यक्ष र सदस्य पनि दोहोर्याएको छ। त्यस्तै नेपाली कांग्रेसले देवदह नगरप्रमुखमा कांग्रेसका हिरा खत्री र उपमेयरमा एमालेकी विद्यालक्ष्मी गुरुङलाई दोहोर्याएको छ। उनीहरु दुवैजना वहालवाला मेयर–उपमेयर हुन्। 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लुम्बिनीमा पुरानो अनुहारले वर्चश्व कायम गरेको छ। पहिलो कार्यकाल पूरा गरेर पनि पुनः दोहोरिने उम्मेदवार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा देखिएका छन्।

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट खेलराज पाण्डे मेयर पदको उम्मेदवारमा दोहोरिएका छन्। उनी २०७४ सालमा उम्मेदवार भए पनि एमालेका शिवराज सुवेदीसँग हारेका थिए। त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयरमा एमालेबाट शान्ति ढकाल उम्मेदवार छन्। ढकाललाई पार्टीले उपमेयर दोहोर्याएर उम्मेदवार बनाएको हो। २०७४ को स्थानीय चुनावमा उनी पनि उपमेयरकी उम्मेदवार थिइन्। तर, नेपालगञ्जमा कांग्रेसबाट उमा थापा मगर विजयी भएकी थिइन्। यस्तै तिलोत्तमा नगरपालिकामा पनि कांग्रेसले रामकृष्ण खाणलाई उम्मेदवार दोहोर्याएको छ। २०७४ मा खाण एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए। 

corrent noodles
Metro Mart

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा मनमोहन चौधरी र उपमेयरमा जानकीदेवी श्रीवास्तव फेरि दोहिरिएर उम्मेदवार बनेका छन्। ०७४ सालको चुनावमा स्वतन्त्रबाट चुनाव जितेका चौधरी अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेर उम्मेदवार बनेका हुन्। उनी एक महिनाअघि मात्रै जसपा प्रवेश गरेका थिए। त्यस्तै उपमेयरकी उम्मेदवार श्रीवास्तव जसपाबाट जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेकी छन्। श्रीवास्तव अघिल्लो चुनावमा जसपाबाट निर्वाचित भएकी हुन्। 

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट खेलराज पाण्डे मेयर पदको उम्मेदवारमा दोहोरिएका छन्। उनी २०७४ सालमा उम्मेदवार भए पनि एमालेका शिवराज सुवेदीसँग हारेका थिए।

त्यस्तै तिलोत्तमा नगरपालिकाको उपप्रमुखमा एमालेले जागेश्वरी चौधरीलाई पुनः उम्मेदवार बनाएको छ। अघिल्लो चुनावमा एमालेबाटै निर्वाचित उनी मेयरमा दावी गरे पनि अन्ततः उपमेयरमा दोहोरिएकी हुन्। रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले किशुनचन्द्र चौधरी र शान्ता ज्ञवालीलाई निरन्तरता दिएको छ।   

कोटहीमाई गाउँपालिका अध्यक्षमा जसपाका चन्द्रभूषण यादव दोहोरिएर उम्मेदवार बनेका छन्। सम्मरीमाई गाउँपालिकाका अध्यक्षमा जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ माओवादी केन्द्रबाट पुनः उम्मेदवार बनेका छन्। उनले उम्मेदवार बन्न पार्टी परिवर्तन गरेका हुन्। 

यस्तै मर्चवारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा केशवानन्द बानियाँ र सुनिता कलवारले पद छाडेनन्। अघिल्लो चुनावमा जसपाबाट जितेका उनीहरु लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेर दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन्। रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज यादव र उपाध्यक्ष शिवकान्ति हरिजन एमाले प्रवेश गरेर उम्मेदवार बनेका छन्।  अघिल्लो चुनावमा जसपाबाट निर्वाचित यादव दुई महिना अघि मात्रै एमाले प्रवेश गरेर टिकट पाएका थिए। शिवकान्ति भने राप्रपाकी उम्मेदवार हुन्।  

मायादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा ध्रुवनारायण चौधरी, तारादेवी यादव उम्मेदवार भएका छन्। दुवैजना कांग्रेसका उम्मेदवार हुन्। उनीहरु दुवैजना अघिल्लो चुनावमा कांग्रेसबाट निर्वाचित भएका थिए। सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा अयोध्या थारु र अमृता गुरुङलाई एमालेले पुनः उम्मेदवार बनाएको छ। 

गैडहवामा बच्चुलाल केवट अध्यक्षमा उम्मेदवार भएका छन्। उनी जसपाका उम्मेदवार हुन्। उनी अघिल्लो चुनावमा पनि जसपाबाट निर्वाचित भएका थिए।  त्यसो त रुपन्देहीका १६ वटै स्थानीय तहका जनप्रतिनिधि दोहोरिन चाहेका थिए। बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरपालिकाका प्रमुख, उपप्रमुख तथा कञ्चन र ओमसतिया गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष भने दोहोरिएर उम्मेदवार बनेका छैनन्। तर, धेरैजसो वडामा भने जनप्रतिनिधि दोहोरिएका छन्। स्थानीय तहमा यसरी जनप्रतिनिधि दोहोरिनुको पछाडि स्थानीय तहको सेवा सुविधा पनि एउटा कारण मान्न सकिने लेखक विश्लेषक युवाराज कँडेल बताउँछन्। ‘सेवा सुविधा पनि एउटा कारण हो भने अर्को मुख्य कारण जनमानसमा भन्दा पनि पार्टी र नेतालाई रिझाएर टिकट पाएको देखिन्छ,’ उनले भने। 

मायादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा ध्रुवनारायण चौधरी, तारादेवी यादव उम्मेदवार भएका छन्। दुवैजना कांग्रेसका उम्मेदवार हुन्। उनीहरु दुवैजना अघिल्लो चुनावमा कांग्रेसबाट निर्वाचित भएका थिए।

निर्वाचित जनप्रतिनिधि र हारेका उम्मेदवारहरु पनि लुम्बिनीमा दोहोरिएका छन्। ‘केही नयाँ काम गर्छुु भन्नेलाई भन्दा नेताको नजिक भएकाहरुले टिकट पाएका छन्,’ कँडेलले भने, ‘सकभर नयाँ नेतृत्व स्थापित गर्दा राम्रो हुन्छ।’ उनले पार्टीहरुले अघिल्लो निर्वाचनमा हारेकाहरुलाई सहानुभूतिका लागि टिकट दिएको बताए।

दोहोरिएर उम्मेदवार हुने कुरा लोकतान्त्रिक पद्धतिमा सैद्धातिक रुपमा राम्रो मान्न सकिने बुटवल बहुुमुखी क्याम्पस राजनीतिक शास्त्रका प्राध्यापक डा. बुुद्धबहादुर थापाको तर्क छ। ‘दोहोरिएर उठ्नै नपाउने भन्ने हुँदैन, तर जनताले ब्यालेट बक्सबाट चुुन्न पाउनुुपर्छ,’ उनले भने। उनका अनुसार पार्टीहरुले सकभर नेतृत्व विकास गरेर एउटै व्यक्तिलाई भन्दा अरुलाई पनि अवसर दिनुुपर्छ। जनताको बीचमा राम्रो काम नगरेकाहरु दोहोरिएर उम्मेदवार भए पनि त्यसलाई  मतदाताले अनुमोदन नगर्ने उनको भनाइ छ। 

उम्मेदवारमा नातावाद उस्तै 

आकांक्षीहरु धेरै भए पनि पार्टीहरुले आफू निकटकै उम्मेदवार बनाउने गरेका छन्। उम्मेदवारका लागि आकांक्षीहरुको ठूलो लस्कर भए पनि त्यसलाई तोडेर नेताहरुले समेत आफ्नै परिवारका सदस्यलाई टिकट दिएको पाइएको छ। लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहमा त्यस्तै अवस्था देखिएको छ। यद्यपि नेताहरुले भने राजनीतिक योगदानकै आधारमा टिकट दिइएको बताएका छन्। 

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गृहमन्त्री बालकृष्ण खाणका भाइ मेयरका उम्मेदवार छन्। खाण कांग्रेस रुपन्देहीका सभापति पनि हुन्। राष्ट्रिय सभा सदस्य एवं एमाले नेता गोपाल भट्टराईका सहोदर भाइ बाबुराम भट्टराई बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार छन् एमालेबाट। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिँचाइमन्त्री दीपक गिरीका दाइ गेहेन्द्र गिरी दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार छन्। त्यस्तै काका शम्भु गिरी दंगिसरण गाउँपालिका अध्यक्षको उम्मेदवार हुन्। 

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले श्रीमती सीता आचार्यलाई रोल्पामा वडा सदस्यको उम्मेदवार बनाएका छन्। अर्थमन्त्री जनार्दन शर्माका आफन्त लक्ष्मीप्रसाद शर्मा बर्दियाको मधुवन नगरपालिकाको नगर प्रमुखमा उम्मेदवार छन्। 

राजापुरमा श्रीमान्–श्रीमती नै उम्मेदवार 

जनप्रतिनिधि दोहोरिएका मात्रै छैनन्। दम्पती नै उम्मेदवार पनि छन्। बर्दियाको राजापुर नगरपालिकामा श्रीमान्–श्रीमती नै उम्मेदवार बनेका हुन्। श्रीमान् मेयर र श्रीमती उपमेयर । राप्रपाका तर्फबाट उम्मेदवार बनेका उनीहरु हुन् राममणि उपाध्याय र सम्झना उपाध्याय। श्रीमान् मेयर र श्रीमती सम्झना उपमेयरका उम्मेदवार हुन्। 

नेपालगन्ज उपमहानगरपालिका–१ को वडाध्यक्षमा सहोदर दाजुभाइले एमाले र कांग्रेसबाट उम्मेदवारी दिएका छन्। एमालेबाट भाइ प्रमोद रिजाल र कांग्रेसबाट दाइ विनोद रिजालले उम्मेदवारी दिएका हुन्। उनीहरु अहिले चुनावी प्रचारमा खटिएका छन्। रोचक त यो छ कि बर्दियाको गेरुवा गाउँपालिकाको उपाध्यक्षमा बुहारी र वडाध्यक्षमा ससुरा उम्मेदवार छन्। 

नेकपा माओवादी केन्द्रबाट वडा नम्बर–३ को अध्यक्षमा बलबहादुर थारु उम्मेदवार बनेका छन्। उनकी जेठी बुहारी लक्ष्मीकुमारी चौधरी नेपाली कांग्रेसबाट पालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन्। गत निर्वाचनमा पनि बलबहादुर वडाध्यक्षको उम्मेदवार थिए।

प्रकाशित: May 01, 2022| 13:14 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।