काठमाडौं- नेपालले नेदरल्यान्ड्सलाई पाँचौं झट्का दिएको छ। तेस्रो र चौथो सफलताका लागि सन्दिप लामिछानेले एकै ओभरमा दुर्इ विकेट लिएका छन्।
त्यसको लगत्तै बसन्त रेग्मीले पाँचौं विकेट खसाल्दै माइकल रिप्पोनलार्इ मैदान बाहिर पठाएका छन्। यस खेलमा बसन्तको यो पहिलो विकेट हो।
उनले टिमको २९ औं ओभरमा दुई विकेट लिंदै नेदरल्यान्डलार्इ झट्का दिएका हुन्। डानिएल ब्राकलाई र उनको स्थानमा मैदानमा आएका बास द लिडेलाई आउट गरेका थिए। नेपाली लेग ब्रेक स्पिनर लामिछानीले आठ ओभरमा २५ रन खर्चेर दुर्इ विकेट लिंदै मैदानमा चम्किएका छन्।
नेपाललाई दोस्रो सफलता ललित भण्डारीले दिलाएका थिए। उनले टिमको आठौं ओभरमा नेदरल्यान्ड्सका ब्याट्सम्यान बेन कुपरलाई आउट गरेका हुन।
यसअघि सोमपाल कामीले पहिलो ओभरमा ओपनर ब्याट्सम्यान स्टेफन माइबर्गलाई बोल्ड गरेका थिए। यतिखेर नेदरल्यान्ड्स नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याउदै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४