शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आज मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरी र सशस्त्रका आईजीपी नियुक्त गरिने

आज मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरी र सशस्त्रका आईजीपी नियुक्त गरिने

मन्त्रिपरिषद्को बैठक आइतबार बस्ने भएकोछ। बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- मन्त्रिपरिषद्को बैठक आइतबार बस्ने भएकोछ। बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ। दुवै संगठनको नेतृत्व आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले आज सरकारले निर्णय गर्न लागेको हो।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारी र सशस्त्र प्रहरी बल नेपालका आईजीपी पुष्पराम केसीसहितका अधिकारी आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्।

सशस्त्रमा केहीदिन अघि राजु अर्याललाई एआईजीमा बढुवा गरिसकिएको छ। एक मात्र एआईजी भएकाले उनी नै आईजीपीमा बढुवा हुने निश्चित जस्तै छ। 

प्रकाशित: May 01, 2022| 07:30 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...