बिहीबार, चैत १२, २०८२

पारस र सोमपालको अर्धशतकः नेदरल्यान्ड्सलाई २१७ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अर्न्तगत नेपालले २१७ रनको लक्ष्य सुम्पेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपाले ४८.५ ओरमा सबै विकेट गुमाउदै दुई सय १६ रन जोडे । नेपालका लागि सोमपाल कामी र कप्तान पारस खड्काले अर्धसतकीय पारी खेले।
 
सोमपालले ४६ बल खेल्दै ६९ रन जोडे। उनले पाँच चौका र तीन छक्काको मद्दतमा ६९ रन जोडेका हुन्। त्यस्तै अर्धसतक पुरा गरेका कप्तान खड्काले ५१ रन जोडे। 
उनले ६५ बलको सामना गर्दै छ चौका र दुई छक्का प्रहार गरे। एक दिवसीय पहिलो खेलमा खड्का १२ रनमा आउट भएका थिए।

सुवास खकुरेल र दिपेन्द्र सिंह ऐरी समान १९ रनमा आउट भए। सुवासले ३३ बलमा तीन चौकाको मद्दतमा १९ रन जोडे। १७ बल खेल्दै तीन चौका प्रहार गरेका दिपेन्द्र कप्तान खड्काका कारण रन आउट हुन पुगे। केहि आशा गरिएका ब्याट्सम्यान ऐरी आउट हुदा नेपाली ब्याटिङ धरमराउन पुग्यो।

आरिफ सेख १६ रनमा आउट हुदा उपकप्तान ज्ञानेन्द्र मल्ल १३ नरमा आउट भए। एक दिवसीय पहिलो खेलमा ज्ञानेन्द्रले ५१ रनको अर्धसतकिय पारी खेलेका थिए। अन्ये ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन्। 

नेदरल्यान्डसका लागि फ्रिद क्लासेनले तीन विकेट लिदा, पिटर सिलरले दुई र माइकल रिप्पोन दुर्इ-लुर्इ विकेट लिए। पल भान मिकेरेन र साने स्नेटरले समान एक-एक विकेट लिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।