बुधबार, असार १०, २०८३

तनहुँमा ११० को उम्मेदवारी फिर्ता, एक हजार ६४० कायम

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा ११० जनाको उम्मेदवारी फिर्ता भएको छ। विभिन्न पार्टी र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ११० जनाले आज उम्मेदवारी फिर्ता लिएका हुन्।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

तनहुँ- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा ११० जनाको उम्मेदवारी फिर्ता भएको छ। विभिन्न पार्टी र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ११० जनाले आज उम्मेदवारी फिर्ता लिएका हुन्। 

National life

तनहुँमा एक हजार ७५० उम्मेदवारले उम्मेदवारी दर्ता गरेकामा फिर्तापछि अब एक हजार ६४० उम्मेदवार कायम भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ। 

निर्वाचन कार्यालयका अनुसार व्यास नगरपालिकामा १८, आँबुखैरेनी गाउँपालिकामा पाँच, देवघाट गाउँपालिकामा चार, घिरिङ गाउँपालिकामा एक, ऋषिङ गाउँपालिकामा तीन, म्याग्दे गाउँपालिकामा एक, बन्दीपुर गाउँपालिकामा १२, शुक्लागण्डकी नगरपालिकामा ३७, भिमाद नगरपालिकामा नौ, भानु नगरपालिकामा २० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। 

व्यास नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रमुखका उम्मेदवार शङ्करनारायण श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको छ। यसैगरी स्वतन्त्र रुपमा प्रमुखमा उम्मेदवारी दिनुभएका वृषराज श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन्। व्यास नगरपालिकामा एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन बनेको छ। 

नेकपा एसले व्यास–२ का वडाध्यक्षमा राजकुमार श्रेष्ठलाई समर्थन गर्ने बताएको छ। नेकपा एसका वडाध्यक्षका उम्मेदवार प्रेमकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको छ। भानु नगरपालिकामा नेकपा (एमाले)का बागी उम्मेदवार हरि पाण्डेले उम्मेदवारी फिर्ता लिँदै आधिकारिक उम्मेदवार सीताराम बजगाइँलाई समर्थन गरेका छन्। - रासस

Shivam cement

प्रकाशित: Apr 30, 2022| 07:40 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...