बुधबार, असार १०, २०८३

'बागी' फिर्ता गराउने कांग्रेसको प्रयास विफल

भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन्। शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- सत्ता गठबन्धनमा रहेका पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले छ महानगरमा भागबण्डा गरेर उम्मेदवार उठाएका थिए। तर, कांग्रेसका नेता-कार्यकर्ताहरुले भने कांग्रेसको उम्मेदवार नभएको महानगरपालिकामा भने बागी उम्मेदवारी दिए। 

National life

कांग्रेसले बागी उम्मेदवारी दिएका महानगरहरुमा उनीहरुलाई उम्मेदवारी फिर्ता लिन पार्टी र पार्टी सभापतिले विज्ञप्तिमार्फत आग्रह गरे भने केही नेताहरु उक्त क्षेत्रमै खटिए। भरतपुरमा माओवादीका उम्मेदवारविरुद्ध बागी उठेका कांग्रेस नेता जगन्‍नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर नै पुगेका थिए। तर, उनीहरुको पहल विफल भएको छ। 

निर्वाचन आयोगले बागी तथा विद्रोही उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय शुक्रबार बेलुका ५ बजेसम्म तय गरेको थियो। सत्ता गठबन्धनका साझा उम्मेदवाविरुद्ध भरतपुरमा नेपाली कांग्रेसका एक जनाले बागी दिएका थिए भने पोखरामा पनि कांग्रेसबाटै तीन जनाले बागी उम्मेदवारी दिएका थिए। 

भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन्। शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो।

दिनभर आफ्नो घर भरतपुर महानगरपालिका-७ कृष्णपुरमा समर्थक माझ बसेका पौडेलले उम्मेदवारी फिर्ता लिने समय सकिए लगत्तै संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै आफूलाई मतदान गर्न अपिल गरेका हुन्। सत्तारूढ गठबनणधनबीच भएको चुनावी तालमेल अनुसार भरतपुर महानगरको मेयरमा नेकपा माओवादी केन्द्रबाट रेणु दाहालले आधिकारिक उम्मेदवारी दिएकी थिइन्। त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका थिए। 

Shivam cement

त्यसैगरी पोखरा महानगरपालिका सत्ता गठबन्धनबीचको भागबण्डाका आधारमा नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो। नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीविरुद्ध कांग्रेसबाट तीन जनाले उम्मेदवारी दिएका थिए। 

पोखरा महानगरको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसका ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले मनोनयन फिर्ता लिएका छन्। तर, अर्का बागी विमलबहादुर कार्कीले भने उम्मेदवारी फिर्ता लिएनन्। सापकोटाले केही दिन सांकेतिक विद्रोह गरे पनि आफ्नो कारणले राष्ट्रको स्थिति असहज हुने देखेर फिर्ता लिएको बताए। तिवारीले कांग्रेसको इमान्दार कार्यकर्ताको हैसियतमा पार्टीको निर्णय मानेर फिर्ता लिएको बताए । उनले अब गठबन्धनका उम्मेदवारलाई मत दिनु आफ्नो दायित्व भएको बताए।

त्यसैगरी काठमाडौं र ललितपुर र विराटनगर महानगरपालिकामा कांग्रेसका क्रमश: सिर्जना सिंह, चिरिबाबु महर्जन र नागेश कोइरालाले उम्मेदवारी दिएका छन्। उनीहरुविरुद्ध गठबन्धनमा रहेका दलहरुले बागी उम्मेदवारी दिएका छैनन्। 

त्यसैगरी वीरगन्‍ज महानगरको मेयरमा सत्तागठबन्धनबाट जसपाका राजेशमान सिंहले उम्मेदवारी दिएका छन्। उनीविरुद्ध पनि गठबन्धनमा रहेका दलहरुले बागी उम्मेदवारी दिएका थिएनन्। 

प्रकाशित: Apr 29, 2022| 17:59 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...