बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिगमन परास्त गर्न गठबन्धनका उमेदवारलाई भोट दिन ५ किसान संगठनको आह्वान

प्रतिगमन परास्त गर्न गठबन्धनका उमेदवारलाई भोट दिन ५ किसान संगठनको आह्वान

सत्ता गठबन्धनका ५ दलनिकट किसान संगठनहरूले प्रतिगमन परास्त गर्न गठबन्धनका उम्मेदवारलाई भोट दिन आह्वान गरेका छन्।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- सत्ता गठबन्धनका ५ दलनिकट किसान संगठनहरूले प्रतिगमन परास्त गर्न गठबन्धनका उम्मेदवारलाई भोट दिन आह्वान गरेका छन्।शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल किसान संघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा) र समाजावादी किसान महासंघले यस्तो आह्वान गरेका हुन्।

National life

'लोकतन्त्र, अग्रगमन, धर्मनिरपेक्षता, समावेशीकरण र किसानहरूको हक, हित र अधिकारको रक्षा गर्न तथा प्रतिगामी, पुनरुत्थानवादी र किसानविरोधी शक्तिहरूका लोकतन्त्र, अग्रगमन र किसानहरूका विरुद्ध गरेका सम्पूर्ण षडयन्त्र, दम्भ, घमण्ड, अहंकार र भ्रष्टाचारको विरुद्धमा बनेको ५ दलीय गठबन्धनको पक्षमा दृढतापूर्वक उभिन र गठबन्धनमा आबद्ध राजनीतिक दलहरूका उमेदवारहरूलाई मतदान गरी अत्यधिक बहुमतले विजयी गराउन हार्दिक अपिल गर्दछौँ,' गठबन्धनमा आबद्ध ५ किसान संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। 

नेकपा एमाले प्रतिगमनकारी दल भएको उनीहरूको ठहर छ। एमालेले प्राप्त उपलब्धिविरुद्ध षड्यन्त्र गर्न खोजेको आरोप लगाउँदै उनीहरूले त्यसो गरिए डटेर सामना गर्ने र चकनाचुर पार्ने प्रतिबद्धतासमेत गठबन्धन निकटका ५ किसान संगठनको दाबी छ।

यस्तो छ संयुक्त विज्ञप्ति

प्रकाशित: Apr 29, 2022| 14:36 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...