काठमाडौं- राप्रपा नेपालका केन्द्रीय सदस्य श्रीधर सुवेदीले पार्टी परित्याग गरेका छन्। केन्द्रीय सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी उनले राप्रपा नेपालबाट राजीनामा दिएका हुन्।
उनले ‘स्वतन्त्ररुपमा बस्नै पर्ने बाध्यात्मक परिबन्धको विकल्प नभएकाले कठोर निर्णय लिएको’ बताएका छन्।
साथै उनले स्थानीय तह निर्वाचनमा राप्रपा नेपालले अघि सारेका उम्मेदवारलाई सघाउन कुनै कसर बाँकी नराख्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्। सुवेदी २०६८ सालदेखि राप्रपा नेपालमा आबद्ध थिए।